आइफोन-११ सार्वजनिक, यस्ता छन् विशेषता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ भाद्र २०७६, बिहीबार ०५:३६

काठमाडौँ । एप्पलले आफ्नो नयाँ मोडलका फोनहरु सार्वजनिक गरेको छ । म‌ंगलबार अमरेकिको क्यालिफोर्नियामा आयोजित एक कार्यक्रमकाबीच एप्पलले आईफोन-११, आईफोन-११ प्रो र आईफोन-११ प्रो म्याक्स सार्वजनिक गरेको हो ।

यी फोनहरुको बजार मूल्य क्रमश: ६ सय ९९ डलर, ९ सय ९९ र १ हजार ९९ डलर रहेको छ। सेप्टेम्बर १३ देखि यी मोडलका फोनहरु बजारमा उपलब्ध हुने एप्पलले जनाएको छ।

नयाँ आइफोन रातो,कालो,पहेँलो,सेतो, हरियो र बैजनी गरी ६ रङमा उपलब्ध छ।

आइफोनका ११ सिरिजका फोनको मुख्या विशेषता लङ लाइफ ब्याट्री हो। यो सिरिसका फोनको ब्याट्री आइफोन १० का मोडलहरुभन्दा धेरै टिकाउ छ। यस्तै एप्पलले पहिलो यी फोनहरुमा ए१३ बायोनिक प्रोसेसर प्रयोग गरेको छ। बायोनिक प्रोसेसरले फोनको क्षमतालाई झन् छिटो र छरितो बनाउँछ। आइफोन-११ मा चाँडै फेस अनलकको सुविधा समेत छ।

क्यामेरा नाइड मोड सुविधा समेत भएको आईफोन-११ प्रोको पछाडि ३ वटा क्यामेरा छन् भने आईफोन ११ मा २ वटा छन्। फ्रन्ट क्यामेर १२ मेगापिक्सलको छ। यस्तै फोनले ४के भिडियोहरु समेत खिच्छ।

११ सिरिजका फोनहरु आईओएस १३ ओपरेटिङ सिस्टम प्रयोग गरिएको छ। आइफोन ११ मा ६४, १२८ र २५६ जिबीको इन्टरनल स्टोरेज, ११ प्रो र प्रो म्याक्समा ६४, २५६ र ५१२ जीबीको इन्टरनल स्टोरेज उपलब्ध छ।

वाईफाई ६ सपोर्ट गरेपनि आइफोन-११ मा फाइभजी छैन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१