नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता वामदेव गौतमलाई डेंगु लागेको आशंका गरिएको छ उनले सोमबार टेकु अस्पताल पुगेर डेंगु परीक्षण गराएका थिए ।
शनिबारबाट उच्च ज्वरो आएपछि डेंगुको आशंकामा उनी अस्पताल पुगेका थिए । केहि समयअगाडि सिंगापुर पुगेका गौतमलाई त्यहीबाट संक्रमण भएको हुनसक्ने चिकित्सकहरुले अनुमान गरेका छन् ।
सिंगापुरमा डेंगुको महामारी फैलिएपछि त्यहाँको सरकारले आपतकाल घोषणा गरेको छ ।
प्रतिक्रिया