फेरि बढ्यो सुनको भाउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ भाद्र २०७६, सोमबार १३:२१

काठमाडौं । आज सुन तोलामा २ सय रुपैयाँले बढेको छ। हिजो आइतबार तोलामा ५ सय रुपैयाँले घटेको सुन सोमबार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

सुन आइतबार तोलाको ७१ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो। आज चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ।

आज चाँदी तोलामा ५ रुपैयाँले घटेर ८८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१