चार अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ भाद्र २०७६, सोमबार ०५:४५

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार चार अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले आइतबार एक सूचनामार्फत सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागिएको जानकारी दिएको हो ।

केन्द्रीय बैंकका अनुसार दुई अर्ब २६ करोड रुपैयाँ बराबरको टे«जरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी मंसिर २४ गते परिपक्व हुनेछ । यस्तै, दुई अर्ब रुपैयाँ बराबरको टे«जरी बिल ३६४ दिनका लागि बिक्री गर्न लागिएको छ । सो बिल भदौ २३ गते परिपक्व हुनेछ । बैंकले भदौ १६ गते पनि टे«जरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१