रसुवागढी नाकाबाट चिनियाँ तथा विदेशी पर्यटकको आगमन बढ्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ भाद्र २०७६, सोमबार ०५:३४

रसुवा । रसुवागढी नाकाबाट चिनियाँ तथा विदेशी पर्यटकको आगमन बढ्दै गएको छ ।

चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेर तेस्रो मुलुकका नागरिकलाई समेत प्रवेश अनुमति दिएपछि आगमन बढेको हो । रसुवागढी अध्यागमन कार्यालयका अनुसार सन् २०१५ देखि यो नाका हुँदै पर्यटक आउने क्रम सुरु भएको हो ।

त्यसयता ९९ हजारभन्दा बढी पर्यटक नेपाल आएका छन् । विसं २०७२ वैशाख १२ गते आएको भूकम्पपछि औपचारिक रूपमा सञ्चालनमा आएको नाकाबाट ९९ हजार २ सय १२ पर्यटक नेपाल आएको कार्यालयको तथ्याङ्क छ ।

सन् २०१५ अप्रिलदेखि पर्यटक आउने क्रम सुरु भएको थियो । त्यो महिना २ सय ९१ पर्यटक आएका थिए । सन् २०१५ मा १० हजार ६ सय ४९, सन् २०१६ मा १७ हजार ८२, सन् २०१७ मा १९ हजार ४७८, सन् २०१८ मा २९ हजार १ सय ५४ र सन् २०१९ को ८ महिनामा २२ हजार ८ सय ४९ पर्यटक नेपाल आएका कार्यालयको तथ्याङ्क छ ।

सन् २०१५ मा चिनियाँ पर्यटक मात्र आएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१