‘दोश्रो यु–१६ महिला तथा पुरुष अन्तरविद्यालय टच रग्वी प्रतियोगिता–२०७६’ नेपालको लागि जापानको राजदुतद्वारा उद्घाटन (फोटो फिचर सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ भाद्र २०७६, शनिबार ०५:५०

काठमाडौँ । नेपाल विद्यालय रग्वी आयोगको आयोजनामा ‘दोश्रो यु–१६ महिला तथा पुरुष अन्तरविद्यालय टच रग्वी प्रतियोगिता–२०७६’को उद्घाटन बूढानीलकण्ठ खेल मैदानमा सुरु भएको छ ।

कार्यक्रमको उद्घाटन नेपालको लागि जापानको राजदुत मासामिची साइगोको प्रमुख आतिथ्यमा भब्य र सब्यरुपमा कार्यक्रमको उद्घाटन भएको थियो ।
नेपाल विद्यालयय रग्वी आयोगका अध्यक्ष दिपक अधिकारीको सभापतित्वमा विशिष्ट अतिथि समेत रहनुभएका संघका केन्द्रीय अध्यक्ष टंकलाल घिसिंग ,संघका पधादिकारी ,आयोगका पधादिकारी ,विभिन्न स्कुलका प्रिन्सिपल लगाएत पत्रकारको उपस्थित रहेको थियो ।

नेपाल विद्यालयय रग्वी आयोग २०७५ सालमा गठन भएको हो । गठन भए लगत्तै गत कात्तिकमा भारतको भुवनेश्वरमा भएको यु–१८ एशिया स्तरिय खेलमा नेपालले बंगलादेश विरुद्ध ३३ स्कोर गर्दै रग्वीको इतिहासमै बढी स्कोर गर्ने देशको नाम दर्ता गराएको छ । यस्तै जापानमा रग्वी वल्र्ड कप–२०१९ हुँदै छ । जसको पूर्वसन्धयामा विद्यार्थी तथा खेलाडीलाई रग्वी खेल सिक्न र बुझ्न सहज होस् भन्नका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको कार्यक्रममा जानकारी गराइएको थियो ।

विजयी टिमलाई ट्फी, पमाण–पत्रद्धारा पुरस्कृत गरिनेछ । यस्तै बेष्ट प्लेअरलाई समेत पुरस्कृत गरिने छ । कार्यक्रमको समापन सानो गौचरनमा २१ गते शनिबार (आज) सम्पन्न हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१