टानको अध्यक्षमा खुमबहादुर सुवेदी विजयी,विजयीहरुको नामावली हेर्नुस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ भाद्र २०७६, शनिबार ०५:१८

काठमाडौं । ट्रेकिङएजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा प्रजातान्त्रिक समुहका खुमबहादुर सुवेदी विजयी भएका छन् । शुक्रबार होटल सोल्टी क्राउन प्लाजामा टानको ४१औं वार्षिक साधारण सभासँगै सम्पन्न निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी अञ्जन थापा (कुमार)लाई ८३ मतले पराजित गर्दै विजयी भएका हुन् ।

सुवेदीले ५२१ मत ल्याएर विजयी भएका हुन् भने पराजित थापाले ४३८ मतमा चित्त बुझाउनुपर्यो । महासचिवमा भने थापा समुहकी सरिता लामा १३ मतान्तरले अर्का प्रत्यासी कर्मा शेर्पालाई पराजित गर्दै विजयी भइन् ।

नयाँ कार्यसमितिको सुवेदी समुहका बरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, द्धितीय उपाध्यक्षमा भरत सापकोटा, सचिवमा थापा समुहका दामोदर ढकाल निर्वाचित भएका छन् ।

त्यस्तै कोषाध्यक्षमा सुवेदी समुहकी ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सुर्यकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
महिला सदस्यमा थापा समुहकी ङिमादिकी शेर्पा निर्वाचित भएकी छिन् ।

सदस्यमा थापा समुहको पाँच जना ठाकुर सापकोट, प्रेम बहादुर लामा मिङमातेन्जिङ शेर्पा, रामबहादुर गुरुङ र सुवेदी समुहका सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले तथा सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् ।

प्रमुख निर्वाचन अधिकृत रमेश कुमार मैनालीका अनुसार १ हजार ३१९ मतदाता रहेकोमा जम्मा ९ सय ८१ मत खसेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१