कावासोति । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको परिधिभित्रबाट प्रजातान्त्रिक ढंगले नेपाली जनताको बिश्वास जितेर सनातन हिन्दुराष्ट्र पुनर्स्थापना गर्न र देशको सर्वांगीण विकासको लागि पार्टी संगठन बलियो बनाउन सबैमा कार्यकर्ताहरुमा आह्वान गर्नुभएको छ ।
नवलपुर जिल्लाको कावासोतिमा आयोजित गण्डकी प्रदेशको बिस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले जनता काङ्ग्रेस र कम्युनिस्टको बिकल्पको खोजिमा रहेको चर्चा गर्दै असफल बाटो र नितिमा परिबर्तन आबश्यक रहेकोमा जोड दिए । बालुवाटार जग्गा काण्ड , एनसेल कर, मेलम्ची खानेपानी, बुढिगण्डकी आयोजना , ३३ क्विन्टल सुनकाण्ड जस्ता ठुला ठुला काण्डमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दुबै मुकदर्शक किन छन् यसको सम्लग्नता खोजिनु पर्ने बताए ।
कार्यकर्ताहरु वडा तह सम्मको संगठन निर्माणमा लाग्ने हो भने राप्रपाको प्रगतिलाई कसैले रोक्न नसक्ने दाबी गरे । थापाले बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न सबैले इमान्दारी पुर्बक मेहनत गर्न आबश्यक भएकोले संगठनलाई केन्द्रमा राखी उच्च मनोबलका साथ अघि बढ्न आग्रह गरे । कार्यक्रममा वरिष्ठ नेता दिपक बोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ , उपाध्यक्ष तोरण गुरुङ , भिम प्रसाद गौचन, प्रदेश अध्यक्ष हेमजङ्ग गुरुङ सहायक महामन्त्री बिन्दु पहाडी , जिल्ला अध्यक्ष दलबहादुर केसि लगायतले बोलेका थिय ।
बैठकमा क्षेत्र भित्रका पदाधिकारी सदस्य,प्रदेश कार्य समिती, जिल्ला अध्यक्षहरुको सहभागीता रहेको छ ।
प्रतिक्रिया