‘अन्तरविद्यालय टच रग्वी प्रतियोगिता’ २० र २१ मा बूढानीलकण्ठमा हुने (फोटो फिचर सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ भाद्र २०७६, बिहीबार ०४:५७

काठमाडौँ । नेपाल विद्यालय रग्वी आयोगको आयोजनामा ‘दोश्रो यु–१६ महिला तथा पुरुष अन्तरविद्यालय टच रग्वी प्रतियोगिता–२०७६’ हुने भएको छ ।
बुधबार बूढानीलकण्ठमा रहेको बाल विकास बोर्डिङ्ग हाई स्कूलमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराइएको हो ।

भदौ २० र २१ गते हुने उक्त प्रतियोगितामा महिला र पुरुषतर्फ दुवै गरी ४२ टिमको सहभागिता रहने बताइएको छ ।

नेपाल विद्यालयय रग्वी आयोग २०७५ सालमा गठन भएको हो । गठन भए लगत्तै गत कात्तिकमा भारतको भुवनेश्वरमा भएको यु–१८ एशिया स्तरिय खेलमा नेपालले बंगलादेश विरुद्ध ३३ स्कोर गर्दै रग्वीको इतिहासमै बढी स्कोर गर्ने देशको नाम दर्ता गराएको छ । जसबाट हामीलाई थप उत्साह थपिएको छ । यस्तै जापानमा रग्वी वल्र्ड कप–२०१९ हुँदै छ । जसको पूर्वसन्धयामा विद्यार्थी तथा खेलाडीलाई रग्वी खेल सिक्न र बुझ्न सहज होस् भन्नका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको नेपाल विद्यालय रग्वी आयोगका अध्यक्ष जेबी अधिकारी (दीपक) पत्रकार सम्मेलनमा बोल्दै उक्त जानकारी गराए ।

विजयी टिमलाई ट्फी, पमाण–पत्रद्धारा पुरस्कृत गरिनेछ । यस्तै बेष्ट प्लेअरलाई समेत पुरस्कृत गरिने बताइएको छ ।

पत्रकार सम्मेलनमा नेपाल विद्यालय रग्वी आयोगका अध्यक्ष जेबी अधिकारी (दीपक),केन्द्रीय उपाध्यक्ष मुकुन्द ढुंगाना,सचिब शिव अर्याल एबम पदाधिकारी सहित विभिन्न स्कूलका प्रिन्सिपल लगायत रग्वीसंग सरोकार राख्ने विभिन्न खेलाडीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१