लाइक काउन्टडाउन गर्न फेसबुकले ल्याउँदै छ नयाँ फिचर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ भाद्र २०७६, बुधबार ०९:२३

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले छिट्टै लाइक काउन्टडाउन गर्ने फिचर सार्वजनिक गर्ने तयारी गरेको छ ।

इंस्टाग्रामका लागि कम्पनीले यस्तो खालको फिचर अहिले परिक्षण गरिरहेको छ । गोपनियताका लागि फेसबुकले नयाँ फिचर ल्याउन लागेको जनाएको छ ।

सुरक्षा र गोपनियताका लागि यस्तो खालको फिचर उपयोगी बन्न सक्छ । लाइक फिचरमा अप्सन राख्ने र चाहेका व्यक्तिका लागि यो फिचर प्रयोग गर्न सकिन्छ । यसले फेसबुक फ्रेड्सका साथीहरु सबैले लाइक देख्न नसक्ने हुन्छ ।

तर म्युचुअल फ्रेड्सले भने लाइक देख्न सक्छन् । अहिले सबैले देख्न सक्ने अवस्था छ ।

फेसबुकमा कम लाइक भएर हैरान भएका व्यक्तिका लागि पनि यसले फाइदा हुने भएको छ । कति जनाले लाइक गरेका छन भन्ने कुरा चाहेको अवस्थामा मात्र थाहा पाउन सकिनेछ ।

अहिले आम प्रयोगकर्ताका लागि यो फिचर प्रयोग गरिएको छैन । तर कम्पनीले परिक्षण भैरहेको यो फिचर कहिले लागू गर्छ भन्ने विषयमा जानकारी दिएको छैन ।

फिचर प्रयोगमा आएपछि अब यूजर्सले र पोष्ट गरेका व्यक्तिले मात्र लाइकल देख्न पाउने छन् । अहिले विभिन्न सात देशमा यो प्रयोगमा आइरहेको छ ।

सफल भएको अवस्थामा मात्र यसलाई संसारभरका युजर्ससम्म पुर्याउने कम्पनीको तयारी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१