अम्बिका गुरुङको बालगित “हात्ती दाइ हात्ती दाइ” सार्बजनिक(भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ भाद्र २०७६, बुधबार ०४:५७

काठमाडौँ । बरिष्ट भर्सटाइल गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्दमा  बाल गीत “हात्ती दाइ हात्ती दाइ” मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे बालिका रबिना बसेलले आफ्नो जादुमय आवाज भरेकी छिन । बालबालिकाहरुको लागि भनेर रचिएको गीतलाई उनले आकर्षक ढंगले गाएकी थिइन् । यति सानो उमेरमा यस्तो बिलक्षण प्रतिभाकी धनि बालगायिकाको अहिले चौतर्फी प्रसंसा हुन थालेको छ ।

गायक तथा कम्पोजरकार्कीको संगीत तथा कार्कीको नै एरेन्ज रहेको छ भने भिडियोलाइ भाबसागर क्रियसन मार्फत नेपाली सांगीतिक बजारमा सार्बजनिक गरिएको छ ।

अमेरिका निबासी बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङले नेपाली सांगीतिक इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले कोरिसकेकी छिन । नयाँ नयाँ प्रतिभाहरुलाई नेपाली सांगीतिक आकाशमा स्थापित गराउने क्रममा अहिले फरक क्षमता भएकी ६ बर्षे बालिकालाइ उनले सांगितक क्षेत्रमा प्रस्तुत गरेकी छिन । भिडियो हेर्नुहोस :

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१