काठमाडौंमा अज्ञात समूहबाट खुकुरी प्रहार, घाइतेको अवस्था गम्भीर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ भाद्र २०७६, मंगलवार ०५:३४

काठमाडौं । अज्ञात समूहको खुकुरी प्रहारबाट काठमाडौंमा एक जना गम्भीर घाइते भएका छन् ।

तीन जनाको समूहमा आएका अज्ञात समूहको खुकुरी प्रहारबाट घाइते भएका नागार्जुन नगरपालिका–५ घर भएका २६ वर्षीय आकाश बस्नेतको अवस्था गम्भीर रहेको छ ।

उनको सितापाइलास्थित मनमोहन अस्पताल उपचार भइरहेको छ । महानगरीय प्रहरी बृत्त स्वयम्भूका प्रमुख लाल ध्वज सुवेदीको टोलीले घटनाको विषयमा अनुसन्धान जारी राखेको छ । अज्ञात समूहको खोजी जारी राखिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक २४, २०८१