टान निर्वाचनको उम्मेदवारी घोषणा : प्रजातान्त्रिकमा सुबेदी र बामपन्थीमा थापा प्यानलबीच भिडन्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ भाद्र २०७६, मंगलवार ०४:५१

काठमाडौँ । पेशागत हक, हितको संरक्षण सम्वद्र्धन तथा संस्थागत सुदृढीकरणलगायत सुधारका योजनासहित पदयात्री व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान० नेतृत्वका प्रत्यासी उमेदवारले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

भदौ २० गते हुने टान निर्वाचनका लागि अध्यक्षका प्रत्यासी खुमबहादुर सुवेदी र अञ्जान थापा (कुमार) समूहले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी आफ्नो प्यानलसहितको उमेदवारी घोषणा गरेका हुन् ।

दुवै पक्षका उमेदवारले पदयात्रा क्षेत्रमा भएको विकृति र विसङ्गतिको अन्त्यका साथै यस क्षेत्रमा भइरहेका गैरकानूनी क्रियाकलाप रोक्ने तथा पदयात्रा व्यवसायमा समस्याका रूपमा रहेका मूल्य अभिवृद्धि कर र अन्य कर आदि विषयको समाधान गरेर संस्थालाई विशुद्ध व्यावसायिक बनाउने प्रतिबद्धताका साथ निर्वाचनमा होमिएका छन् ।

थापा वामपन्थी पर्यटन व्यवसायीको तर्फबाट उमेदवार बनेका छन् भने सुवेदी प्रजातान्त्रिक पर्यटन व्यवसायीको प्रतिनिधित्व गर्दै अध्यक्षको उमेदवार बनेका छन् । सुवेदी हाल टानको वरिष्ठ उपाध्यक्ष हुन् । थापा पनि यसअघि टानको कोषाध्यक्ष भइसकेका थिए ।

सुवेदीसमूहबाट टानको वरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, महासचिवमा कर्मा शेर्पा, सचिवमा प्रदीप घिमिरे, कोषाध्यक्षमा रितु ग्याम्दान र सह–कोषाध्यक्षमा प्रदीप पण्डित प्रत्यासी रहेका छन् ।

टान सदस्यका प्रत्यासी खोमराज अधिकारी, सिम्बिर घले, सोनाम ग्याल्जेन शेर्पा, कान्छा शेर्पा, केशवप्रसाद दाहाल, सनम शेर्पा, रविन्द्र महर्जन, तेन्जिङ शेर्पा र बुद्धकुमारी अधिकारी रहेका छन् ।

यस्तै थापासमूहको तर्फबाट वरिष्ठ उपाध्यक्षमा ऋषिप्रसाद नेपाल, प्रथम उपाध्यक्षमा प्रकाशचन्द्र देवकोटा, द्वितीय उपाध्यक्षमा तेञ्जिङ शेर्पा, महासचिवमा सरिता लामा, सचिवमा दामोदर ढकाल, कोषाध्यक्षमा टेकबहादुर खकुराल र सह–कोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ प्रत्यासी छन् । त्यस्तै सदस्यमा डिमादिकी शेर्पा, सुनील सिलवाल, कृष्णगोपाल श्रेष्ठ, प्रेमबहादुर लामा, रघुनाथ पौडेल, रामबहादुर गुरुङ, श्रीराम अधिकारी, मिङमा शेर्पा र ठाकुर सापकोटाले उमेदवारी घोषणा गरेका छन् ।

अध्यक्षका प्रत्यासी सुवेदीको प्रतिवद्धतापत्रमा पर्वतीय पर्यटनको व्यावसायिक हित, पदयात्रा व्यवसायमा अनाधिकृत गतिविधि रोक्ने, ‘नो ट्रेकिङ विदआउट गाइड एन्ड पोर्टर’ लाई कार्यान्वयनमा ल्याउने, पदयात्री सूचना व्यवस्थापन प्रणाली ९टिम्स० प्रणालीको सुधार, पर्वतीय पर्यटन पूर्वाधार विकास तथा संस्थागत सुदृढीकरणतर्फ आन्तरिक व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाइ आर्थिक प्रणालीमा मितव्ययीता ल्याउनेलगायत सुधारका काम गरिने उल्लेख छ ।

अध्यक्षका अर्का प्रत्यासी थापाले ‘गुणस्तरीय साहसिक तथा पर्वतीय पर्यटन व्यवसाय विकासको लागि राजनीतिक हस्तक्षेपमुक्त व्यावसायिक टान’ भन्ने नाराका साथ पर्यटनको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्दै सरकारले लिएको ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारालाई सार्थक तुल्याउन साहसिक पर्यटनको दिगो विकास, पर्यटनलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाएका छन् ।

टिम्सको व्यवस्थापन, पदयात्रा गन्तव्यको न्यूनतम मूल्यको अधारमा सिधा कर प्रणाली लागू गराउन सरोकारवाला निकायसँग पहल गरिने, पदयात्रा र पर्वतीय पर्यटन क्षेत्रमा देखा परेका समस्याको कानूनी समाधान, जिम्मेवार र मर्यादित पर्यटन व्यवसाय विस्तारका लागि पहल तथा सुविधा सम्पन्न पर्यटन अस्पताल निर्माणलगायतका काम गरिने प्रतिबद्धता पत्रमा जनाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१