टान निर्वाचन : यस्तो छ खुमबहादुर सुवेदी प्यानल परिचय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ भाद्र २०७६, सोमबार ०९:१६

खुमबहादुर सुवेदी :

अध्यक्षका प्रत्यासी ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)को नयाँ कार्यसमितिका लागि अध्यक्षका प्रत्यासी खुमबहादुर सुवेदी हाल बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । २०४९ सालमा ट्रेकिङ गाइड हुँदै पर्वतिय पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका सुवेदी टानको पूर्व कोषाध्यक्ष समेत हुनहुन्छ । उहाँ पर्यटन व्यवसायी मात्र हुनुहुन्न, नियात्राकार समेत हुनहुन्छ । ‘पदयात्राका पाइलाहरु’ र ‘बेल्जियमका क्षणहरु’ सुवेदीका दुई नियात्रा कृति हुन् । युनिक एडभेन्चर इन्टरनेसनल प्रालि, ट्रिपल ए होलिडेज् र ट्रिपल ए टान्सपोर्ट्का प्रबन्ध निर्देशक सुवेदीलाई आम पर्यटन व्यवसायीहरु आँखामा राखे पनि नबिझाउने व्यक्तित्वका रुपमा चित्रित गर्ने गर्छन् । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मानहरुबाट सम्मानित भइसक्नुभएका धादिङ, ज्वालामुखी, सुनखानीका सुवेदीले नेपाली पर्यटन प्रवद्र्धनार्थ ४० भन्दा बढी देशहरुको भ्रमण गरिसक्नुभएको छ । उहाँ सामाजिक सेवामा कृयाशील ह्यान्ड इन ह्यान्ड नेपालका अध्यक्ष समेत हुनहुन्छ । पर्वतिय पर्यटन व्यवसायीहरुमाझ निकै लोकप्रिय उहाँको बहुआयामिक व्यक्तित्व, मिलनसारिता र संस्थागत अनुभव नै उहाँको जीतको आधार रहेकोमा आम मतदाता विश्वस्त देखिन्छन् । … नवीन त्रिताल, बरिष्ठ उपाध्यक्षका प्रत्यासी बरिष्ठ उपाध्यक्षका प्रत्यासी नवीन त्रितालले स्नातकसम्मको अध्ययन गर्नुभएको छ । सन् २००० मा पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका हिमालयन एक्सपिडिसनका प्रबन्ध निर्देशक त्रिताल समय परिस्थिति अनुसार कडा र नरम दुवै हुन सक्ने लिडरसीप क्वालिटीका धनी हुनुहन्छ । पूर्व नेपालको संखुवासभाबाट राजधानीमा आएर उहाँले व्यवसायिक सफलतामात्र हात पार्नुभएको छैन, पर्वतिय पर्यटन क्षेत्रमा आफ्नो अलग्गै स्थान समेत बनाउन सफल हुनु भएको छ । संयुक्त राज्य अमेरिका, रसिया, सिंगापुर, मलेसियालगायत अन्य थुप्रै देश भ्रमण गरी पर्यटन विकासका अनेक सुत्र पहिल्याउनु भएका उहाँको विजयले टानको नेतृत्व थप प्रभावकारी हुनेछ ।

चोलेन्द्रबहादुर कार्की :

प्रथम उपाध्यक्षका प्रत्यासी प्रथम उपाध्यक्षका प्रत्यासी चोलेन्द्रबहादुर कार्की २०४४ असार १७ गते सोलुखुम्बु, दुधकोशी–३, बासामा जन्मिनुभएको हो । मानविकीमा स्नातकसम्मको अध्ययन गर्नुभएका उहाँ हिमालयन जोय एडभेन्चरका प्रबन्ध निर्देशक हुनहुन्छ । सम्पदा गार्डेन होटलका संचालक समेत रहनुभएका उहाँ २०६० सालमा पर्यटन क्षेत्रमा आउनुभएको हो । पोर्टर, गाइड हुँदै यो क्षेत्रमा जम्दै गर्नुभएका उहाँको विशेष रुचि समाजसेवामा छ । एड फर नेपाल र सुतार कार्की समाजका अध्यक्ष कार्की लायन्समा पनि आवद्ध हुनुहुन्छ । नेपाली पर्यटन प्रवद्र्धनका लागि स्वीट्जरल्यान्ड, जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड, चीन, जापान, सिंगापुर दुवईलगायका देशहरुको भ्रमण गरिसक्नुभएका कार्की युवा जोश, जाँगर र उत्साहले भरिपूर्ण हुनुहुन्छ । उहाँको विजयको मुख्य आधार पनि त्यही हो ।

भरत सापकोटा:

द्धितिय उपाध्यक्षका प्रत्यासी द्धितिय उपाध्यक्षका प्रत्यासी भरत सापकोटा युवा पुस्तामाझ निकै लोकप्रिय हुनुहुन्छ । लायन्स क्लव अफ नेपाल एभरेस्टका पूर्व अध्यक्ष सापकोटा व्यवसायमात्र होइन, समाजसेवमा पनि उत्तिकै सक्रिय हुनहुन्छ । सन् २००१ मा पर्यटनमा प्रवेश गर्नुभएका नेत्रावती, टोड्के, धादिङ निवासी सापकोटा हेल्पिङ ह्यान्डस् फाउन्डेसनका संस्थापक अध्यक्ष समेत हुनुहन्छ । पर्यटन सेवा संघमा सदस्य र कोषाध्यक्षको अनुभव हाँसिल गरिसक्नुभएका उहाँ ब्रेकफ्री एडभेन्चर्स् र हिमालयन लक्जुरी होलिडेजका प्रबन्ध निर्देशक हुनहुन्छ । संयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलिया, स्विट्जरल्यान्ड, जर्मनी, फ्रान्स, रसिया, भुटानसहित दुई दर्जन देशको भ्रमण गरी अन्तराष्ट्रिय पर्यटनलाई समेत गहिरो गरी बुझ्नुभएका उहाँ टिम्स तथा टान कार्यालय व्यवस्थापनको लागि सफ्टवेर डेभलपमेन्टमा जोड दिनु हुन्छ । पुराना रुटहरुको प्रवद्र्धन र नयाँ रुटको खोजी गर्दै नेपाली पर्वतिय पर्यटनलाई नयाँ उचाइमा लैजाने उहाँको इच्छालाई अनुमोदित गरी मतदाताले उहाँलाई विजयी गराउने छन् ।

कर्मा शेर्पा :

महासचिवका प्रत्यासी महासचिवका प्रत्यासी कर्मा शेर्पा यूवा जोश र उत्तिकै परिपक्व होश भएका हिमाली शेर्पा हुनुहुन्छ । कुराभन्दा काममा बढी विश्वास गर्ने व्यवस्थापनमा स्नातक शेर्पा चर्चा कम र काम बढी गर्नेमध्येको एक हुनुहुन्छ । शेर्पा समुदायमा मात्र होइन, आम पर्यटनकर्मीमाझ उत्तिकै लोकप्रिय शेर्पा नोम्याड नेपाल ट्रेक्स एन्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक हुनहुन्छ । दिगो पर्यटनका लागि वकालत गर्दै आउनुभएका सोलुखुम्बु निवासी शेर्पाले फ्रान्स, स्विट्जरल्यान्ड, थाइल्यान्ड, अमेरिका, क्यानडा, जर्मनीलगायत दर्जन बढी देशको भ्रमण गरी नेपालको पर्वतिय पर्यटनको प्रचारप्रसारमा उल्लेख्य भुमिका निर्वाह गरिसक्नु भएको छ । व्यवसायका साथसाथै समाजसेवामा पनि उत्तिकै सक्रिय शेर्पाको जीत सुनिश्चित रहेको आममतदाताको बुझाइ रहेको छ ।

प्रदीप घिमिरे :

सचिवका प्रत्यासी सचिवका प्रत्यासी प्रदीप घिमिरे सेन्ट्रल हिमालय ट्रेक्स एन्ड एक्सपिडिसनका संचालक हुनुहुन्छ । उहाँ सन् १९९६ देखि २०१० सम्म ट्रेकिङ गाइडको रुपमा कार्यरत हुनुहुन्थ्यो । त्यसक्रममा उहाँले नेपालका अनेक पहाडहरुको यात्रामात्र गर्नुभएन, त्यहाँका समस्या र सम्भावनाबारे पनि गहिरो गरी बुझ्ने अवसर प्राप्त गर्नुभयो । नेपालको पर्वतिय पर्यटनको विकासका लागि लायन्समा समेत आवद्ध दोलखा निवासी उहाँको त्यो गहिरो अनुभव टानकै लागि ठूलो सम्पति मान्न सकिन्छ । टान सचिवका रुपमा उहाँले पहाडी अनुभवमा आधारित आफ्ना आइडियालाई प्रभावकारी रुपमा प्रयोग गर्नु हुनेछ भन्ने आम मतदाताले अपेक्षा गरेका छन् ।

ऋतु ग्याम्दान :

कोषाध्यक्षकी प्रत्यासी (टान) निर्वाचन २०७५ मा सबैभन्दा बढी मत ल्याएर महिला सदस्य बन्नुभएकी ऋतु ग्याम्दानले टान ज्वाइन्ट ल्होसार कल्चर प्रोग्राम र टान इन्टरनेशनल लाङट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१