एटिएमबाट रकम चोर्ने चिनियाँ सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ भाद्र २०७६, सोमबार ०५:४१

काठमाडौं । एटिएमबाट रकम चोरी गर्ने पाँच जना चिनियाँलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, ४० वर्षका लु जियालिङ, २९ वर्षका लिन जिनमिङ रहेको महानगरीय प्रहरी परिसरका काठमाडौंका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

उनीहरु शनिबार मध्यरातमा दरबारमार्गस्थित नबिल बैंकको एटिएमबाट रकम निकाल्दानिकाल्दै पक्राउ परेका थिए । प्रक्राउ परेका चिनियाँको साथबाट नेपाली रुपैयाँ १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, हङकङ डलर ८०, चिनियाँ युआन ११ सय ९१, केही अमेरिकी डलर, युरो र कम्बोडियाको मुद्रा पनि भेटिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको साथबाट नक्कली भिषा कार्ड १३२ र सक्कली भिषा कार्ड १७ थान बरामद गरिएको छ ।

राष्ट्र बैंकले नबिल बैंक‚ हिमालयन र प्रभु बैंकको एटिएमबाट रकम झिकिएको जानकारी गराएको छ । राष्ट्र बैंकका प्रतिनिधिले ३ वटा बैंकबाट यो रकम अनाधिकृरुतपमा झिकिएको जानकारी गराएका हुन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१