बेपत्ता भनिएका ‘नेपाली’ अधिकारकर्मी कतार सरकारको हिरासतमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ भाद्र २०७१, आईतवार १५:२६

काठमाडौं,२२ भाद्र  । एक साताअघि कतारको राजधानी दोहाबाट बेपत्ता भएका भनिएका नेपाल मूलका दुई मानव अधिकारकर्मी आफ्नो नियन्त्रणमा रहेको कतार सरकारले प्रष्ट पारेको छ ।
 ghimire_upadhyay
कतारमा रहेका नेपाली कामदारको अवस्था अध्ययन गर्न भनेर नर्वेबाट दोहा पुगेका कृष्ण उपाध्याय र गुणदेव घिमिरेलाई कतारी प्रहरीले  नियन्त्रणमा लिएको त्यहाँको विदेश मन्त्रालयले जनाएको छ ।

कतार सरकारले शनिवार विज्ञप्ति जारी गर्दै स्थानीय कानुन उल्लंघन गरेको अभियोगमा उनीहरुमाथि अनुसन्धान भइरहेको जनाएको छ ।

ग्लोबल नेटवर्क फर राइट्स एण्ड डेभलपमेन्ट नामक संस्थामा कार्यरत ती दुई वेलायती नागरिकलाई गत साता सादा पोशाकका प्रहरीले होटलबाट नियन्त्रणमा लिएका थिए ।

उनीहरुमाथि अन्तर्राष्ट्रिय कानुन अनुसार हिरासतमा राखेर अनुसन्धान भइरहेको र बेलायत सरकारलाई जानकारी गराइ सकेको कतारी विदेश मन्त्रालयले जनाएको छ ।

कतारमा २०२२ मा हुने विश्वकप फुटवलको निर्माणाधीन रंगशालाय लगायत भौतिक निर्माणका लागि गएका नेपाली कमादारहरुको अवस्था दयनीय रहेको भनेर अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले चर्चा गरेपछि उनीहरु यसबारे बुझ्न गएको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१