आसन्न टान निर्बाचन अध्यक्षको प्रत्याशि अन्जन थापा “कुमार” ले यसरि दिए आफ्नो परिचय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ भाद्र २०७६, सोमबार ०५:१७

आदरणिय अग्रज तथा युबा ट्रेकिड ब्यबसायि दाजु भाई तथा दिदि बहिनिहरु म अन्जन थापा “कुमार” आसन्न टान निर्बाचन अध्यक्षको प्रत्याशिको तर्फबाट नमस्कार 
ट्रेकिड ब्यबसायमा लागेको पनि करिब दुई दशक नाघेछ , १९९६ तिर यो ब्यबसायमा प्रबेश गर्दा ईमेल तथा ईन्टरनेटको पहुच थियन।मध्यम परिवारको भयकोले खान लाउनकै निम्ति भैतारिनु पर्ने अबस्था भने थियन । जिबनमा केहि गर्नु पर्छ भन्ने द्दिढ अठोटले गर्दा सुरुवातिको केहि समय बाहेक त्यति धेरै हैरानी र निराशा कहिल्यै छायन , केहि सयय भारि बोकेर पोटर हुदै १९९८ मा गाईड ट्रेनिंग गरि सन २००० मा ट्रेकिडं कम्पनि स्थापना गरि अनबरत रुपमा पर्यटन क्षेत्रमा क्रियासिल छु । हाल आशाहि ग्रुप अफ कम्पनि को अध्यक्ष रहि आशाहि ट्रेक्स एण्ड एक्पिडिसन , हिमालयन ईन्टरनेशनल योगा एकेडेमि , ट्रष्ट एण्ड केयर मन्टेश्वरि , ब्युटिफुल काठमाण्डू होटल र होटल उडल्याण्ड काठमाण्डू संन्चालन गरिरहेको छु। प्रत्यक्ष रुपमा करिब २०० /२५० जनालाई रोजगारि श्रिजना गर्दै आफु पनि सधै पर्यटन संग सम्बन्धित हरेक बिधामा सरिक भैराखेको छु।
पदयात्रा पर्यटनमा लागेका दुई दशक दौरानमा भोगेका भोगाई ,कठिनाई ,अबसर तथा पर्यटन क्षेत्रका तमाम नितिगत समस्या , पदयात्रा गर्दा आईलाग्ने बिपति , बिस्व पर्यटन र हाम्रो अबस्था , टानको बिगत र बर्तमान अबस्था संग अत्यन्त सुस्म ढंगले जानकार छु। पत्रकारिताको बिधार्थि तथा ब्यबसायिको नाताले बिभिन्न समयमा आफनो बिचार तथा आलेख प्रष्ट संग राख्दै आयको छु त्यसैले पदयात्रा क्षेत्रका अग्रज ब्यबसायि हरुको लामो संर्घर्ष र युबा हरुको आशा र भरोसा रतिभर डग्न दिने छैन । पर्यटन क्षेत्रमा लामो समयसम्म कार्य गरेको एक अनबरत यात्रिको कारणले पर्यटन क्षेत्र मेरो लागि एउटा सुनौलो संसार हो। पर्यटन क्षेत्रमा रहेको अबसर ,हुने तमाम बिक्रिति ,बिसंगति , पदयात्रा पर्यटन क्षेत्रमा गर्नुपर्न् नितिगत सुधार , गैर ब्यबसायि बाट हुने पदयात्रा संन्चालन , मजदुर का तमाम कठिनाई , पर्यटन बोर्ड संगको समझदारि तथा पदयात्रा क्षेत्रको बारेमा गर्नुपर्न् प्रबर्धन र बिकाश मौशमको प्रतिकुलताले गर्दा हुने समस्या यि बिबिध कुराहरुका बारेमा आबस्यक परे ७ दिन ७ रात पनि बहस गर्न सक्दछु ।
यति हुदाहुदै टानलाई कसरि गरिमामय संस्थाको रुपमा अगाडि बढाउने , सचिबालय लाई कसरि अत्यधिक प्रबिधिको उपयोग गरि ब्यबस्थित गर्ने तथा पारदर्शि बनाउने , आर्थिक अनुशासन तथा मितब्ययि कसरि बनाउने निर्नय हरुलाई सबै सदस्य कम्पनिमा तुरुन्त जानकारि दिने , अग्रज हरुलाई सम्मान तथा युबाहरुलाई समेटदै गतिसिलता बढाउने मोटिभेशनल ट्रेनिंग दिने आदि ईत्यादि कार्य लाई अगाडि बढाउने छु।
पदयात्रा पर्यटनमा लामो समय ब्यथित गर्दै ताप्लेजुडं देखि उपल्लो मुस्ताडं,लाडंटाडं , गणेश हिमाल देखि थोरोड्ला , सगरमाथा देखि रोल्वालिडं , चुम भ्यालि देखि मनास्लुका तमाम डाडा काडा र पखेरि हरुसंग पौठेजोरि र लुकामारि खेल्ने अबसर र भोगाई मिलेको छ । एसिया र युरोपका करिब सबै राष्ट , अष्टेलिया , क्यानाडा , बेलायत तथा अमेरिका गरि करिब ५० /५५ देशको यात्रा बाट सिकेको ज्ञान सिप ,भरिया देखि अहिले सम्म अनबरत यो पेसामा लागेको भोगाई र अनुभब बाट सिकेको कुरा ब्यबहारमा लागु गर्नेछु।
बिभिन्न कालखण्डमा सन २००४/२००६ मा पर्यटन सेवा संघको उपाध्यक्ष ,२०११/१३ मा टान कार्य समितिको कोषाघ्यक्ष , लायन बर्ष २०१६ क्लब अघ्यक्ष लायन्स क्लब नेपाल टुरिजम हाल रिजन चेयर प्रर्सन , नेपाल योगा एसोसियसन उपाघ्यक्ष , नेपाल उधोग तथा ब्यबसायि महांसध केन्द्रीय सदस्य २०६७ , आशाहि ग्रुप अफ कम्पनि को अध्यक्ष को रुपमा यस क्षेत्रमा क्रियासिल छु।
सधै आजिबन पेन्सन पकाउने जस्तो गरि संघ सस्थामा झुन्डिने प्रबिर्ति र मान्यता कदापि राख्दिन , पदमा बस्दा सिन्को नभाच्ने अर्कालाई दोष थुपार्ने र सधै आफुलाई केन्द्रबिन्दुमा राखि सधै सहयात्रि हरुलाई चुनाब आयको बेला मात्र अनेकन आस्वासन बाडढै अस्वभाबिक ढंगले मिठा मिठा कुरा गर्दै ललिपब बाढदै हिडने कार्य पनि गर्दिन , आफनो ब्यबसायिक पृष्ठ भुमिले सिकायको ब्यबस्थापकिय ज्ञान र क्षमता र आफुले जानेको बुझेको सिप ज्ञान , अग्रज तथा युबा साथिहरुको सुझाब धारणालाई मनन गर्दै टानलाई सबैले गर्ब गर्न सक्ने गरिमामय संस्था बनाउन अबको २ बर्ष हर दिन रात नभनि निस्वार्थत ढंगले लाग्ने छु । कुरा होईन काम गरेर परिणाम निकाल्ने द्दिढ संकल्प राखेको छु। 
तपाईहरुको सुझाब ,माया र सदभाब प्रेरणा सुझाब , गालि र तालि सबै मेरा लागि मार्ग दर्शन हुने छ।पदयात्रा ब्यबसायिको छाता संगठन टानलाई गर्ब गर्न लायक ब्यबासायि हरुको हितको पक्षमा स्थापित गर्न प्रयत्न गर्नेछु।आगामि निर्बाचनमा म र मेरो प्यानललाई मतदान गरि अत्याधिक बहुमतले बिजय गराई दिनुहुन हार्दिक अनुरोध गर्दछु।
अन्जन थापा “कुमार “ 
अध्यक्षका प्रत्याशी

जय पर्यटन , जय टान

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१