नेपाली समाज यूएईका आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिए भुर्तेलले,उनको उम्मेदवारीको यूएईमा सर्वत्र चर्चा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ भाद्र २०७६, सोमबार ०५:१०

पर्वत । नेपाली समाज यूएईको अधिवेशन मार्फत अध्यक्ष पदमा उम्मेदवारी दिएका मणि भुर्तेलको चर्चा चुलिएको छ । । उनको उम्मेदवारीको यूएईमा सर्वत्र चर्चा हुन थालेको छ । समाजको २०१९–०२१ कार्यकालको नयाँ नेतृत्व चयनका लागि आगामी सेप्टम्बर ६ का दिन अधिवेशनको मिति तय गरिएको छ । भुर्तेल सँगै अध्यक्ष पदमा गोविन्द ढकालले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदको टुंगो नलागाउँदै युएईमा रहेका नेपालीहरुले भुर्तेललाई नेतृत्व दिनुपर्ने आवाज उठाउँदै आएका छन् । भुर्तेलको उम्मेदवारीले यतिबेला यूएईको बजार तातेको छ । सामजिक सेवामा सक्रिय भुर्तेल, बौद्धिक, प्रस्ट व्यक्त र स्वच्छ छवी भएका व्यक्ति मध्ये एक हुन् । भुर्तेलको लोकप्रियता यूएईमा रहेका नेपाली नेताहरुको भन्दा निकै माथि छ । नेपाली समाज यूएईका आसन्न निर्वाचनमा भुर्तेलले अत्याधिक मत ल्याउने अनुमान गरिएको छ । उक्त संस्था नेपाली कला, संस्कृति, भाषा,साहित्य तथा पर्यटन जस्ता क्षेत्रहरूको प्रचार प्रसारलगायत युएईमा नव आगन्तुक नेपालीहरूलाई नेपाली समाज तथा युएईको नियम कानुन यथास्थिति र गतिविधिका बारेमा जानकारी गराउने उद्देश्यले सन् १९९० मा युएईमा यो स्थापना गरिएको थियो । नेपाली समाज युएईको महाधिवेशन नजिकिँदै गर्दा नयाँ नेतृत्व लिनेहरुको होडबाजी नै चलेको छ । नेपाली समाज यूएईको नेतृत्व पाउनुपर्नेमा मणि भुर्तेलको नाम अग्रस्थानमा आउँछ ।

को हुन् भुर्तेल ?

पर्वतको पैयुगाउँपालिकामा जन्मिएका मणि भुर्तेल एक सामजिक व्यक्तित्व हुन् । उनी यूएईमा रहेका एक दर्जनभन्दा बढि नेपाली सामजिक संस्थामा आवद्ध छन् । प्रवासमा रहेर मुलुकको समृद्धि र विकासका लागि काम गदै आएका भुर्तेलले यूएईमा पीडित वर्गको उत्थानका निम्ति आवाज उठाउँदै आएका छन् । उनको सक्रियतामा प्रवासमा रहेका धेरै नेपालीहरुले नयाँ जिवन पाएका छन् । उनले पर्बत सेवा समाज युएईको सस्थापक अध्यक्ष भई जिल्ला परिषद सयोजक हुँदै नेपाली समाज युएईको महासचिव भएर काम गरे । त्यस्तै प्रथम सयुक्त बुद्ध जयन्तीको परिकल्पनाकार सदस्यमा पनि उनलाई चिनिन्छ । २०७२ सालमा भुकम्प जाँदा विभिन्न समितीमा रहेर भुकम्प पीडितहरुको राहातका लागि आफ्नो जागिर समेत वास्ता नगरि उनी पीडितको सहयोगका लागि हिँडेका छन् । उनी दोश्रो सयुक्त बुद्ध जयन्तीको सदस्य समेत हुन् । तराईमा बाढि आउँदाको संयन्त्रमा रहेर पीडितहरुलाई राहात जुटाउन निकै खटेका थिए । साउदीको जेलमा रहेका थानेश्वर भुसाल बचाउ अभियानका अभियान्ता समेत हुन् । यूएईको जेलमा रहेका नेपालीहरुलाई छुटाउन उनले अन्य पहल गदै आएका पहारेदार मानिन्छन् । युएईमा रहेका सकृय सस्थाहरु सँगको सहकार्य एक्यवद्धताका सुत्रधार मानिन्छन् । पर्बत समाज युएईको सस्थापक अध्यक्ष, जिल्ला परिषद संयोजक र नेपाली समाजको निवर्तमान महसचिब भएर विभिन्न रचनात्मक भूमिका खेल्नुभएको थियो । उहाँले विभिन्न मुद्धाहरुमा परेका नेपालीहरुलाई सहयोगको लागि आर्थिक विभागमा रहेर नियाल्नु भएका भुर्तेलले नेपालीको उत्थान र विकासका लागि सहयोग गदै आउनु भएको छ । त्यस्तै नेपाली समाजले संयोजन गरेको सयुक्त तिज विशेष कार्यक्रममा प्रत्यक्ष सहयोग गरि कार्यक्रम सफल पार्ने एक मुख्य सहयोगीको रुपमा उनको नाम आउँछ । त्यस्तै नेपाली समाज युएईको महसचिवमा रहँदा कल्याणकारी कोषको स्थापना गर्न भुर्तेलको मुख्य भूमिका रहेको थियो ।

के भन्छन् भुर्तेल ?

नेपाली समाज यूएई प्रवासी नेपालीहरुको साझा संस्था हो । ३ दशक पहिले स्थापना भएको संस्थाले नेपालीहरुको हितमा काम गदै आएको छ । अग्रजहरुले गरेको कामले आज यूएईमा नेपालीको शिर उच्च छ । अग्रजको कामलाई सम्मान गदै यस संस्था गरिमालाई अझै मजवुत बनाउने उद्देश्यले नेपाली समाज यूएईको अध्यक्ष पदमा उम्मेदारी दिएको उनी बताउँछन् । यूएईमा लामो समयदेखी सामाजिक कार्यमा सकृय भुर्तेलले आफुले विगतमा गरेको काम र सिपलाई आधार बनाएर काम गर्ने जिकिर गर्छन । साथीभाईहरुको साथ सहयोग र अग्रजहरुको सल्लाह बमोजिम यस संस्थाको नेतृत्व लिने निर्णयमा पुगेको उनको भनाई छ । ‘विगतमा धेरै सामजिक संस्थामा रहेर काम गरिरहेको कुरा यहाँहरुलाई अवगत नै छ,–उनले भने,‘आफुमा भएको सिप र क्षमतालाई परिचालन गरि यस संस्थाको हितमा काम गर्ने छु,।’ यस संस्थाको नेतृत्व गर्ने अवसर पाएमा सिपाई सरह काम गर्ने उनले उद्घोष गरे । बिगतको अनुभव , कार्यक्षेत्र, कानुनको पालना गर्दै सामाजिक सद्भाव सहित मेलमिलाप, एक्यवद्धता , सहकार्य हुँदै यस अभियान एव परिकल्पना गरिएका कार्य लाई पूर्णता दिनुका साथै सस्थालाई सस्थागत गर्ने जिम्मेवार बोध सहित सेवा गर्ने मौका दिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध सहित संस्थाको नाम र प्रतिष्ठालाई अझै माथिल्लो सिँढीमा पु¥याउने प्रतिबद्धता भुर्तेलको छ । साथै उनले विगत लामो समयदेखि आफ्नो रोजगारी सँगै यूएईमा स्थापित नेपाली समाजको तर्फवाट आफुले समाजिक कार्यहरुमा रचनात्मक सहभागि र समाजप्रति वर्कतले भ्याएसम्म समपर्ण रहेदै आइरहेको जनाउदै यूएईमा कार्यरत विभिन्न प्रकारले समस्या भोगिरहेका नेपाली श्रमिक दाजुभाई तथा दिदिवहिनीहरुको अधिकतम हितका लागि प्रवासी नेपाली र नेपाल सरकारसंग समन्वय गरेर सुख दुखको साझेदारी भएर काम गर्ने बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१