टान निर्वाचनका लागी अञ्जन थापा (कुमार) समुहको प्यानल घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ भाद्र २०७६, आईतवार ०९:१५

काठमाडौँ । भाद्र २० गते हुने ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) को निर्वाचनका लागी अध्यक्षका प्रत्याशी अञ्जन थापा (कुमार) समुहको प्यानल निर्माण भएको छ । टानका पूर्व कोषाध्यक्ष समेत रहिसकेका थापा आसाही ट्रेक्स एण्ड एक्सपीडिसन प्रा.लि.का प्रबन्ध निर्देशक हुन ।

थापा समुहको बरिष्ठ उपाध्यक्षमा ऋषिप्रसाद नेपाल,प्रथम उपाध्यक्षमा प्रकाशचन्द्र देवकोटा,द्धितिय उपाध्यक्षमा टेन्जिन शेर्पा,महासचिवमा सरिता लामा,सचिवमा दामोदर ढकाल,कोषाध्यक्षमा टेक खकुरेल र सह–कोषाध्यक्षमा प्रदिप पण्डित रहेको उम्मेदवार छनोट कमिटिका सदस्य कमल सापकोटाले अर्थ र व्यापारलाई वताए । त्यस्तै थापा समुहको सदस्यहरुमा रघु पौडेल,मिङमा शेर्पा,कृष्णगोपाल श्रेष्ठ,निमा डिकी शेर्पा,ठाकुर प्रसाद सापकोटा र प्रेम बहादुर लामा र सुनिल सिलवाल रहेका छन । बाँकी सदस्यहरु आईतवार विहान टुंगो लाग्ने सापकोटाले वताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१