गाई राजनीति : भीरमा खसाल्नु ‘अपराध’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ भाद्र २०७६, आईतवार ०९:०३

काठमाडौं । नेपालगन्ज मेडिकल कलेजमा कार्यरत नर्स शर्मिला थापा आफू चढेको स्कुटर साउन ११ गते कारकाँदो सडकमा छाडा चौपायासँग ठोक्किँदा गम्भीर घाइते भइन् ।

भारतको लखनऊमा उपचारपछि उनी अहिले स्वास्थ्यलाभ गरिरहेकी छिन् ।

नेपालगन्ज उपमहानगरपालिकाका लागि छाडा चौपाया व्यवस्थापन मुख्य समस्या बनेको छ । छाडा चौपायाले दुर्घटना बढ्न थालेपछि साउन तेस्रो साता सरोकारवालाको बैठक बस्यो ।

भारत हुँदै भित्रिने चौपाया तत्कालका लागि वडा नम्बर २१ मा रहेको फुलटेग्रास्थित कान्जी हाउसमा राख्ने र यसको दीर्घकालीन समाधान खोज्ने निर्णयसहित बैठक टुंगियो ।

त्यसपछि उपमहानगरपालिकामा बसेको बैठकमा कार्यकारी अधिकृत हरि प्याकुरेलले दैलेखको धार्मिक क्षेत्र श्रीस्थानमा लगेर छाडा चौपाया छाड्ने प्रस्ताव राखे ।

छाडा चौपायाका कारण तनावमा रहेका मेयर डा. धवलशमशेर राणाले कार्यकारी अधिकृतको प्रस्तावलाई सहर्ष स्वीकारे । दैलेखमा छाडा चौपाया पठाउन उपमहानगरले प्रक्रिया सुरु गर्यो ।

दैलेखका स्थायी बासिन्दा रहेका कार्यकारी अधिकृत प्याकुरेलले त्यहाँका तत्कालीन प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटासँग फोनमार्फत चौपाया पठाउनेबारे कुराकानी गरे । उनले पनि मौखिक सहमति दिए ।

स्रोतका अनुसार नेपालगन्जका मेयर रिझाउन प्याकुरेलले चौपायाहरुलाई आफ्नो गृहजिल्ला दैलेख पठाउनुपर्ने प्रस्ताव गरेका हुन् । प्याकुरेल केही समयअघिसम्म स्थानीय विकास अधिकारी थिए । उनले सुर्खेतमा रहँदा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पनि समालिसकेका छन् ।

नागरिक दैनिकमा नगेन्द्र उपाध्याय र गोविन्द केसीले समाचार लेखेका छन् ।

प्रतिक्रिया