गरिमा विकास बैंकको मोरंग नगरपालिका ७ र इनरुवा नगरपालिका १ मा साखा विस्तार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ भाद्र २०७६, बिहीबार २१:२१

गरिमा विकास बैंक लिमिटेडले इटहरा रोड स्थित उर्लावारी शाखा कार्यालय तथा ATM को औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन मोरंग नगरपालिका प्रमुख खड्ग वहादुर फागो र भगवतीमन्दिर रोड स्थित ईनरुवा शाखा कार्यालय तथा ATM ईनरुवा नगरपालिका प्रमुख राजन मेहताज्युवाट ताम्रपत्र अनावरण गरि दूई शाखा कार्यालयहरुको समुद्घाटन भयो ।

कार्यक्रममाबोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले ” संस्था सक्षम र अब्बल बन्नको लागि उत्कृष्ट सेवाप्रवाह संगसंगै संस्थागत सुशासन समेत महत्वपूर्ण रहने हुंदा विकास बैंकले सेवा प्रवाह संगसंगै संस्थागत सुशासनमा समेत सदैव महत्व दिईरहेको बताउनुभयो । “

त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृतश्री गोविन्द प्रसाद ढकालज्यूले विकास बैंकले ग्राहकहरुको चाहना र आवश्यकतामा भएको परिवर्तन संगसंगै आफ्नो सेवा, सुविधा र प्रविधिलाई समयानुसार परिमार्जन गर्दै उत्कृष्ट वित्तीय सेवा प्रवाहमा सदैव प्रतिबद्ध रहेकोे जानकारी दिनुभयो ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीयकार्यालय रहेको गरिमा विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखाहरु सहित देशभर ८० शाखाहरुर ३५ वटा एटीएमहरु संचालनमा छन । विकास बैंकले निकट भविष्यमा नै देशकाविभिन्न १५ स्थानमा शाखा कार्यालय स्थापनागर्दैछ । विकास बैंकले २०७६ भाद्र १२ गतेसम्ममा रु.३४ अर्बनिक्षेप संकलन गरी रु.२९ अर्बकर्जा लगानी गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१