फोनको टावरमा खराबी आउँदा दर्जनभन्दा बढी गाविस सम्पर्कविच्छेद

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ भाद्र २०७१, आईतवार १२:३५

रुकुम,  २२ भाद्र  । जन्तिबसे लेकमा रहेको सिडिएमए तथा स्काई फोनको टावरमा खराबी आउँदा जिल्लाका दर्जनभन्दा बढी गाविसको सदरमुकामसँगको सम्पर्कविच्छेद भएको छ ।

सदरमुकाम खलङ्गा र स्यालापाखा गाविसको सिमाना जन्तिबसे लेकमा रहेको टावरमा खराबी आउँदा झुला, मग्मा, वाँफिकोट, पिपल, पोखरा, प्वाङ, रुकुमकोट, स्यालापाखा, मुरु, खारा, भलाक्चा, रुँघालगायत गाविस सदरमुकामसँगको प्रत्यक्ष सम्पर्कविच्छेद भएको हो ।

गत साउनको अन्तिम साताको बर्सातका क्रममा टावरमा खराबी आए पनि खराबीको कारणबारे केही खुल्न सकेको छैन । टावरमा खराबी आएको लामो समय बितिसक्दा पनि मर्मततर्फ ध्यान नपु¥याइएको भन्दै सेवाग्राही आक्रोशित भएका छन् ।

टेलिकम रुकुमका प्रमुख कृष्णप्रसाद शर्माले फोनमा खराबी आएको बारेमा कुनै जानकारी नभएको भन्दै यस विषयमा जानकारी लिने बताउनुभयो । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १५, २०८१