क्रिष्टिना भन्छिन्- अब पढाइ र अभिनय सँगसँगै लैजान्छु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ भाद्र २०७६, बुधबार ०४:४५

काठमाडौं । लामो समयदेखि चर्चामा रहेको फिल्म ‘प्रेम गीत ३’ मा क्रिष्टिना गुरुङ नायिकाका रुपमा छनोटमा परेपछि उनको चर्चा हुन थालेको छ । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गर्ने यो फिल्ममा प्रदीप खड्का, मनिष राउत, सुनील थापा, शिव श्रेष्ठ लगायतका कलाकारको समेत भूमिका रहनेछ ।

२७ सय प्रतिस्पर्धीलाई उछिन्दै नायिकामा चुनिएकी क्रिष्टिनाले अमेरिकाको बाल्टीमोरमा ‘इन्फरमेसन सिस्टम’ विषय लिएर अध्ययन गरिरहेकी थिइन् । प्लस २ पछि थप अध्ययनका लागि अमेरिका गएकी क्रिष्टिना आमा बिरामी परेका कारण नेपाल आउने जाने गरिरहन्थिन् ।

अमेरिकामा रहे पनि नेपालमै भविष्यको खोजी गरेकी क्रिष्टिनाले अब नायिकाको परिचय बनाउँदै छिन् ।

सानैदेखि नेपाली चलचित्र क्षेत्रमा चासो राख्ने क्रिष्टिना विदेशमा हुँदा झनै बढी नेपाली चलचित्र क्षेत्रप्रति चासो बढेको धारणा राख्छिन् । यसैबीच हामीले ‘प्रेम गीत ३’ की ‘गीत’ लाई तपाईंलाई छनोटमा पर्छु भन्नेमा कत्तिको विश्वास थियो ? भनेर सोधेका छौः

म नै छानिन्छु झैँ त लागेको थिएन तर यो चलचित्रमा अभिनय गर्न पाए हुन्थ्यो भन्ने लागेको थियो ।

अचानक फिल्ममा छानिँदा कस्तो महसुस गर्नुभएको छ ?

एकदमै खुशी छु । खुशीको सीमा छैन । पहिलेदेखि नै यो क्षेत्रमा । केही गर्न पाए हुन्थ्यो भन्ने लागेको थियो । यो ब्यानरका बारेमा पहिलेदेखि नै थाहा थियो ।

अमेरिकादेखि नेपाल आउनुभएको छ, नेपाली फिल्मको अवस्थाबारे कत्तिको जानकार हुनुहुन्छ रु

खासमा म व्यक्तिगत कारणले अमेरिकाबाट नेपाल आएकी थिएँ । फिल्मको अडिसन हुँदैछ भन्ने थाहा पाएपछि यतै अडिसन दिने सोचेँ । नेपालमै केही गर्नु छ भनेर मौका खोजिरहेकी थिएँ । विदेशमा हुँदा नेपाली फिल्म र नेपालबारे अझै चासो हुने रहेछ । नेपालबारे अपडेटमा रहन्थेँ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१