बुद्धका १० वाणी! पढ्नुहोस्, पालना गर्नुस्, तवाईंको जीवन बदलिनेछ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० भाद्र २०७६, मंगलवार ०६:५८

१) अतिततिर ध्यान केन्द्रित नगर, भविष्यको सपना पनि नदेख, वर्तमानमा ध्यान केन्द्रित गर । २) चतु-याइँपूर्वक बाँच्ने मानिसलाई मृत्युसँग पनि डराउन जरुरी हुँदैन ।

३) घृणा, घृणा गरेर कम हुँदैन, यो त प्रेमले मात्र घट्छ, यहि नै शाश्वत नियम हो ।

४) मानिसहरूको मष्तिस्क नै सबथोक हो, उसको मष्तिस्कले जे सोच्छ ऊ त्यहि बन्दछ ।

५) जसरी हजारौं दियोलाई एउटै दियोले आफ्नो प्रकाश कम नै नगरी प्रकाश बाँड्नसक्छ । खुशी पनि त्यसरि नै बाँड्न सकिन्छ, त्यो कम हुँदैन ।

६) सत्यको मार्गमा कसैले जम्मा दुई गल्ती गर्न सक्छन्, एउटा कि त उस्ले यात्रा पुरा गर्न सक्दैन कि त यात्रा नै सुरु गर्दैन ।

७) आफ्नो बाटो स्वयंम निर्माण गर, जन्मदाँ हामी एक्लै जन्मिएका हौं मर्दा पनि एक्लै मर्छौ, त्यसैले हामी आफै बाहेक अरु कसैले पनि हाम्रो भाग्यको फैसला गर्न सक्दैन ।

८) मानिस भित्र नै शान्तीको बास हुन्छ, त्यस्लाई बाहिर नखोज ।

९) खुशीको कुनै बाटो नै छैन, खुशी हुनु नै बाटो हो ।

१०) पाईतालाले त्यतिखेर मात्र पाईतालको महसुस गर्छ, जतिखेर उसले जमिनलाई छोएको हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१