ढाड देखी मुनी नचल्ने आठ वर्षसम्म जीवनमरणको संघारमा रहेकी शान्तिपुर चन्द्रकोट गाऊँपालिका घर भएकी वर्ष ३८ की हिमा थापाको ग्रीनसिटि अस्पतालमा मंगलबार ढाडको शल्यक्रिया हुने भएको छ । आर्थिक अवस्था कमजोर रहेको परिवारीकी हिमाको अवस्था बारे जानकारी पाउनसाथ अस्पतालले बोलाएर निशुल्क शल्यक्रिया गर्न लागेको हो । हिमाका परिवारका अनुसार जन्मदै दुबै खुट्टा भएकी तर हिड्न नसक्ने, यस अघि सानो खटिरो बढेर दुबै खुट्टा काट्नु परेको र हालै आएर फेरी पिठ्यूमा मासुको ५ केजीको डल्लो पलाएको र सार्है गाह्रो स्थिती सिर्जना हुन पुग्यो।
कमजोर आर्थिक अवस्था भएका मानिसहरुलाई ग्रिनसिटि अस्पतालले निशुल्क उपचार गर्दै आएको छ । अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले यस्तो खालको सेवागर्ने अवसर अस्पताललाई पर्याे भने जुनसुकै बेला पनि तयार रहेको बताए । उनले सेवा नै धर्म हो भन्ने मान्यताका साथ अस्पतालले विपन्न परिवारका बिरामीलाई निशुल्क उपचारको व्यवस्था गरेको र महिनाको दुईवटासम्म निशुल्क अप्रेशन समेत गर्ने गरेको बताए । इच्छुकले सेवा भावका खातिर हिमालाई सहयोग गर्न चाहेमा निजलाई भेटेर सहयोग समेत गर्न सकिने अध्यक्ष टन्डनले बताउनु भयो । हिमा थापा अझै ८,१० दिन ग्रिनसिटि अस्पतालमा रहने बताइएको छ । अस्पतालले यसअघि आर्थिक विपन्नताका कारण लामो समयसम्म उपचार नपाएका मलद्वार विहिन दुई दलित बालिकाको निशुल्क उपचार गरेको थियो । बालिकाहरु ९ महिनाकी लोकमाया सुनार र १३ वर्षिया लिला विक हुन् । त्यसैगरी कुपण्डोलको सडकमा खुट्टा सुनिएको अवस्थामा मागेर बसेका दृष्टिविहिन दम्पति सन्त मुखिया र उनकी श्रीमतीलाई अस्पतालले निशुल्क उपचार गरी १५ दिन पछि अस्पतालबाट पठाएको थियो । अस्पतालले अहिलेसम्म १८ वटा मुटुको अप्रशन निशुल्क गरिएको छ ।
प्रतिक्रिया