४ टन फोहोर संकलन गर्दै चक्रपथ सरसफाई महा- अभियानको १२५ हप्ता पुरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ भाद्र २०७६, आईतवार ०६:२७

काठमाडौं । काठमाडौंको चक्रपथ सरसफाई महा- अभियानले १२५ औ हप्ता पार गरेको छ ।

काठमाडौंको वसुन्धरामा रहेको ग्रीनसिटी हस्पिटलको संयोजनमा भएको चक्रपथ सरसफाई महा-अभियानले शनिवारदेखि १२५ औं हप्ता पुरा गरेको हो ।

प्रत्येक हप्ताशनिबार बिहान ७ देखि ९ बजे सम्मफोहर संकलन अभियानमा बिभिन्न संघसंस्थाको सहयोगमा स्वतःस्फूर्त रुपमा सरसफाई अभियान सञ्चालन हुदै आएको छ ।

१२५ औ हप्तामा आइपुग्दा घरदैलो कार्यक्रमलाई प्राथमिकता संगै सबैजना जनचेतना संगै अगाडी बढाउने र फोहोर हुनै नदिने अभियानमा लाग्ने सरसफाई अभियानका अभियन्ताहरुको भनाइ रहेको छ ।

अभियानमा ३०० जनाको सहभागी रहेको थियो भने ४ टन फोहोर संकलन गरिएको थियो ।

प्रतिक्रिया