खाद्य अधिकार खाद्य सम्प्रभुुता कार्यान्वयन गर्न सकिएला ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ भाद्र २०७६, आईतवार ०५:३६

नेपालको संविधान २०७२ को धारा ३६ माखाद्य सम्बन्धीहकको व्यवस्था गरेको छ । प्रत्येकनागरीकलाई खाद्य सम्वन्धीहकहुनेछ । प्रत्येक नागरीकलाई खाद्य बस्तुको अभावमाजीवनजोखिममा पर्ने अवस्थाबाट सुरक्षितहुने हकहुनेछ । प्रत्येक नागरीकलाई कानुनबमोजिमखाद्य सम्प्रभुताको हकहुनेछभन्ने कुरा शुनिश्चित गरेको छ । संविधानमाव्यवस्थाभएकामौलिकहकहरुको कार्यन्वयनकालागि नेपाल सरकारले मिति २०७५ असोज २ गते खाद्यअधिकार तथाखाद्य सम्प्रभुता सम्वन्धी ऐन २०७५ जारी गरेको छ । नेपाल सरकारले बहु क्षेत्रियपोषण योजनापनिकार्यान्वनमाल्याएको छ । हाम्रो संविधानले व्यवस्था गरे अनुरुप सबै नेपालीले खानपाउने,पोषण युक्तखानाको शुनिश्चितगर्ने क्षेत्र भनेको कृषिहो जबसम्म कृषि र पशुपालन क्षेत्रबाट प्रर्याप्तमात्रामाखाद्यान्न, फलफुल, तरकारी, माछा,मासु दुध, घ्यू उत्पादनगर्न सकिँदैन त्यति बेलासम्मसबै नेपाललाईपोषणयुक्त खानाको शुनिश्चितगर्न कठिन पर्ने देखिन्छ ।कुल२,६४,९४,५०४जनसंख्याभएको नेपालमाहाल सम्म ६५% मानिसहरु कृषि पेशामा आवद्ध भएको पाईन्छ । कुल खेतीयोग्यभुमीको ३१,९५,१७३ हेक्टरमाखेतीगर्दै आएका छौँ । कुलग्राहस्थउत्पादनको एक तिहाई योगदानराज्यलाई कृषिक्षेत्रबाट दिँदै आएको छ तर पनि नेपालमाबर्षेनी खरबौँ खरवकाखाद्यान्न, तरकारी, माछा,मासु,फलफुल,आयातगरि रहेका छौ कृषिप्रधान देश तर मुलुकचाहीँ कृषीमा परनिर्भतामा भर पर्नु परेको छ । नेपालमाआदीमकाल देखि नै खेतिगरिँदै आएको छ हाल नेपाल मनसुनमाआधारित र साँस्कृतिक कृषि प्रणाली भएको मुलकहो । आज सम्महामीसँग परम्परागत कृषि प्रणाली कायम रहेको छ । विगत केहि वर्ष अगाडी देखि हाम्रो कृषि क्षेत्र जलवायु परिवर्तनको मारमा पर्दै आएको छ ।जमिनमापानीको सतह घट्दै,हिमाली क्षेत्रमातापक्रम बढ्दै गएको छ,भएकापानिकाश्रोतहरु सुख्दै गएका छन् ।पानीपर्दा पनि खण्डबृष्टी, अतिबृष्टि,अनाबृष्टि हुने बेमौसममाफलफूलफल्ने,हिमालमाहिउँपग्लने,तातो चिसोको मात्रा बढ्ने, सुख्खा खडेरी बाढीपहिरो मनसुनको चक्रमा परिवर्तन आदिको मारमा कृषि क्षेत्र परेको छ । वढ्दो शहरी करण,जग्गाको खण्डीकरण प्लटिङ्गका कारण खाद्य संकटको अवस्था सृजनाहुने निश्चित छ । खेतीयोग्यउर्भर जमिनशहरीकरणमा परिवर्तन भएको पाइन्छ, भएका खेतीयोग्यजमिनवषैँपिच्छे आउने बाढीपहिरोले कटान गर्दा जमिन बगर भएका छन् । भौतिकविकास सँगसँंगै प्राकृतिकश्रोतहरुको दोहन बढ्दै जाँदातिब्ररुपमाक्षयीकरण बढ्दै गएको छ । हाम्रा परम्परागत देखि कृषिमाप्रयोग हुदै आएकाविउविजनहरुआजहाम्रो हातमा छैनन् परालको चुल्ठी बनाई राख्ने,खुर्सानी, मुठ्ठाबनाई राख्ने,लसुन,च्योयाको पेरुङ्गोमा राख्ने,आलुको विउ, मक,ै धान र गेडागुडी भित्तामा छ्यापेर राख्ने काँक्रो,फर्सी, रामतोरीया,गहत, मस्र्याङ्ग,बोडी जस्ता विउविजनआजभोली गाँउघरमापार्इँदैन । अज्ञानताका कारणले अत्याधिक रसायनिकमल र विषादीप्रयोगगर्दाउत्पादनभएकाखाद्य सामाग्री स्वस्थ्य कर हुँदैन । माटोकोउर्वराशक्तिमा¥हासहुँदै दिनानु दिन कृषिउत्पादनकमहँुदै गएको छ । जलवायु परिवर्तनकाकारण कृषिपशुपालन क्षेत्रमा ठूलो असर पु¥याएको छ । सानासीमान्तकृत किसानमहिला र पछाडी पारिएकावर्गलाई जलवायु परिवर्तनले ठूलो प्रभावपारेको छ । खडेरी बाढीपहिरो,असिना,हावाहुरीबाट तिनै सानाकिसानगरिव नदिकिनारमाबसोबास गर्ने बढी जोखिममा परेका छन् । कृषिश्रमिकहरुको अभावमाहाम्रो खेतियोग्यजमिनको ठूलो हिस्सा बाँझै रहनगएको छ । महिला बुढाबुढीको काँधमाकृषिको अभिभारा थपिएको छ । गाँउघरमामहिलाहलो जोत्ने, घर छाउने,मलामीजाने जस्ता कार्यमा सहभागीहुनबाध्यभएका छन् । युवाहरु कृषिमाआकर्षित हुननसक्दादिनानु दिनविदेशिने क्रम बढ्ढो छ । जमिनजोत्नेको भन्ने नारा चलेका धेरै भईसक्यो जो हलो जोत्छ उसको जमिन छैन जो माटोमाखुट्टा राख्दैन उहीजमिन्दार छ जसले भुमिबनाई खेतिगर्दै आएतिनै किसानआजभुमिहिन छन् । यस्तो विकरालअवस्थामा संविधानले शुनिश्चित गरेको खाद्यअधिकार खाद्य सम्प्रभुुताकार्यान्वयनगर्न सकिएला?कृषिहामी सवैको सरोकारको विषयहो, यसले राष्ट्रिय आयमा महत्वपुर्ण योगदान पु¥याएको छ यसको बृद्धि गर्न खेतिपातीलाई बैज्ञानिक सँग सँंगै बातावरण मैत्रीप्राकृतिकश्रोतको समुचितव्यवस्थापनगर्न जरुरी छ । हावा,पानी,मौसम अनुसार आवश्यक पर्नेसुख्खासहन सक्ने विउविजन परिक्षण विकासगरि प्रयोगमाल्याउनुआवश्यक छ । पानीकाश्रोतहरुको सँरक्षण गर्ने, आकाशे पानीलाई जमिनमुनि रिर्चाज गर्ने,नदिकिनारामा टटबन्ध बाधीबोटबिरुवा लगाउनेगरि बातावरण मैत्रीविकास गर्न जरुरी छ । कृषि क्षेत्रमा पर्ने प्रभावलाईन्यूनगर्ने नीति रणनितिहरु अवलम्बनगरी कार्यान्वयनगर्न जरुरी छ,जलवायु अनुकुलनप्रविधि र पद्धतिको विकास गरि कृषि पेशालाई सम्मानित र मर्यादितबनाई कृषिमायुवाको आकर्षण बढाउन जरुरी छ । कृषिमाआवश्यक पर्ने विउविजन, मलखाद,सिँचाई,बजार मूल्यको र अनुदानको यथोचितव्यवस्थागरि खेतिगर्ने किसान समक्षयीअनुदानउपलव्धगराउनु आजको आवश्यकताहो । किसान,नागरिक समाज, सरकारले कृषि साझा सरोकारको विषयहो भन्ने बुझाई स्थापित गरेमाकानुनले प्रत्याभुत गरेकाखाद्यअधिकारलाई टेवापुग्ने शुनिश्चत देखिन्छ ।

रामहरि शर्माफुयाँँल
सचिब
राष्ट्रिय कृषक समूहमहासंघ नेपाल

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर ९, २०८१