एनआरएन युके निर्वाचन: महिला संयोजकमा क्षमता ढकालको सम्भावना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ भाद्र २०७६, आईतवार ०५:२६

गैरआवासीय नेपाली संघ (एनआरएन) बेलायतको चुनावको मिति नजिकिदैं गर्दा महिला संयोजकमा क्षमता ढकालको सम्भावना बढी देखीएको छ । निडर र हक्की स्वभाव हुनुले मात्रै हैन बेलायतमा रहेका नेपाली समुदाय माझ स्थापित भै सकेकी ढकालको महिला प्रतिको दृष्ट्रीकोण बदल्ने बेला भएको आबश्यक भएको कुरा ब्यबहारिक रुपमा परिणत गर्ने अवसरको रुपमा पनि एनआरएन बेलायतको निर्वाचनलाई लिएको उनको भनाइ छ । उम्मेदवारी घोषणा सँगै आफ्नो चुनावी अभियानलाई सक्रियता पुर्वक अघि बढाई रहेकी ढकाललाई चलचित्र क्षेत्रको हुनुको नाताले पनि सबैमाझ परिचीत भएको स्वभावीक फाईदा समेत हुनेछ । उम्मेदवारी घोषणा सँगै युकेको नेपाली समाज र अग्रज एंब निकट साथिहरुसँगको सर सल्लाहले उनलाई उत्साहित तुल्याएको छ । त्यस्तै सामाजिक सञ्जाल र आफन्त जनबाट आएको सकारात्मक प्रतिक्रियाले उनलाई सफल हुने बिश्वास जागे पनि निर्वाचनमा जस्तोसुकै परिस्थितिको सामना पनि गर्न सक्ने मानसिक हिम्मत पनि जुट्ने उनको बिश्वास छ । सेप्टेम्बर १४ मा हुन लागेको एनआरएन बेलायत आफैंमा सबैभन्दा धेरै मतदाता रहेको ठाउँ समेत हो । १४ हजार भन्दा धेरै सदस्य रहेको एनआरएन सदस्य रहेको एनआरएन बेलायतले जानकारी दिएको छ । आफू एनआरएन बेलायतको महिला संयोजकमा निर्वाचित भए महिलाको समग्र बिकास सहित प्रबासी नेपालीहरु माथी अन्याय र बिभेद भए त्यसको सशक्त प्रतिरोध गर्दै त्यसको अन्त्यको लागि बलिदानी दिनु परेपनी त्यसको लागि तयार रहने उनको प्रण छ । त्यो सँगै बेलायतमा रहेका नेपाली समुदायलाई एकीकृत गर्दै आधाकारीक विवरण समेत राख्नुपर्नेमा उनको जोड छ ।
आ – आफ्नो आग्रह, पुर्बाग्रह छोडेर एनआएएन युकेलाई केन्द्रमा राखेर काम गर्ने उम्मेदवारलाई सहयोग गर्नको लागि पनि उनले सबैलाई आग्रह गरीन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१