“काहा चुक्यो अनुसन्धान शालिकराम पुडासैनी घटना प्रकरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ भाद्र २०७६, बिहीबार ०८:१९

रमेशकुमार महत । गत साउन २० गते चितवनको एक होटलमा पत्रकार शालिकराम पुडासैनी सिलिग फ्यानमा झुन्डिएको अवस्थामा मृत्यु भएको सन्दर्भमा प्रसासनिक अनुसन्धान प्रकृयागत रुपमा चुकेको छ ।

१ सवै भन्दा पहिला यो घटना हत्या हो कि आत्महत्या हो?यो विषय अनुसन्धानको पहिलो विषय हुनु पर्दथ्यो ।

२.यदि आत्माहत्या रहेछ भने त्यस विषय पोष्टमार्टम रिपोर्टले मात्र पुष्टी गर्न सक्दछ।

३.यदि यो घटना सुनियोजित हत्या रहेछ भने त्यसको पहिलो अनुसन्धान घटनास्थलवाट शुरु गरिनु पर्दथ्यो।जुन घटनाको पहिलो जानकार घटनास्थल होटलवाला र त्याहाका कर्मचारी नै हुन्छन। यस तर्फ कुनै चासो,अनुसन्धान गरिएको छैन।

४.पत्रकार शालिकराम पुडासैनीले मृत्यु अगाडि रेकर्ड गरिएको भनिएको भिडियो के मा रेकर्ड गरिएको थियो त्यो काहावाट सार्वजनिक भयो ? कसवाट सार्वजनिक भयो ? त्यसमा कति सत्यता छ ? त्यसको आधारमा त्यस भिडियो संग सम्वन्धित व्यक्तिहरु संग अनुसन्धान गरिनु पर्दथ्यो!एउटा भिडियो सार्वजनिक हुने वित्तिकै पत्रकार रवि लामिछाने लगायत तिन व्यक्तिलाइ पक्राउ गरियो यो भन्दा पहिला होटलवाला,भिडियो सार्वजनिक गर्ने व्यक्तिलाई अनुसन्धान गरिनु पर्दथ्यो! यदि त्यो भिडियोमा भएको प्रमाण अनुसार पत्रकार रवि लगायत तिनै जना संकास्पद देखिए उनिहरु माथि अनुसन्धान गरिनु पर्दथ्यो।

५.समग्र घटनामा सम्वद्द सवैलाई अनुसन्धान नगरी एउटा प्रसारित भिडियोलाई मात्र आधारमानि अनुसन्धान गरिनुले अनुसन्धान कतै फितलो भई कतै निर्मला हत्या प्रकरण जस्तो हुने त होईन ? शंकाको विषय वन्दैछ ।

६.घटना स्थलको मुचुल्का गरिदा दिवंगत शरिरमा जे जस्तो घाउ चोट देखिएको थियो त्यो अनुसन्धानको विषय हो कि होइन? यस विषय गौण वनाइएको छ। कतै यस घटनाका अनुसन्धानका विषयहरुलाई पर्याप्त अनुसन्धान नगरिनु र अनुसन्धानको क्षेत्रलाइ साघुरो वनाउदा घटनाको सत्य तथ्य विषय छुप्ने त होईन? यो यस घटनाको संवेदनशील विषयहरु हुन्। यस घटनाको दोषि नछुटुन् निर्दोष नपरुन्,अन्याय भए,गरिए दिवंगत शालिकरामको आत्माले छाड्ने छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१