सिल्पा सेट्टीले किन रिजेक्ट गरिन् १६ करोडको विज्ञापन ? पूर्वमुख्यमन्त्रीले गरे प्रशंशा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ भाद्र २०७६, बिहीबार ०७:५८

एजेन्सी । बलिउडमा आफुलाई सबैभन्दा फिट राख्ने नायिकाको रुपमा सिल्पा सेट्टी अग्रपंक्तिमा आउँछिन् । ४४ वर्षको उमेरमा पनि उनको फिटनेसले धेरैलाई मोहित बनाउँछ ।

सिल्पाको यही फिटनेसका कारण उनलाई एकपछि अर्काे गर्दै विभिन्न अफरहरु पनि आइरहन्छन् । उनका फ्यान फलोइङका कारण त्यसलाई सामान्य नै मान्न सकिन्छ ।

यस्तै एउटा उनलाई आएको थियो । तर, त्यसलाई उनले इन्कार गरिदिइन् । भारतीय मिडियाले जनाएअनुसार सिल्पालाई १० करोड भारतीय रुपैया (१६ करोड नेपाली रुपैयाँ)को विज्ञापन खेल्ने अफर आएको थियो । तर उनले त्यसलाई अस्वीकार गरिदिइन् ।

एक आयुर्वेदिक कम्पनीले उनलाई उक्त अफर गरेको थियो । समाचारमा जनाइएअनुसार सिल्पालाई एक आयुर्वेदिक तरिकाद्वारा स्लिम हुनका लागि एक आयुर्वेदिक गोली (औषधि)को प्रोमोसन गर्न भनिएको थियो । जसलाई उनले अस्वीकार गरिदिइन् ।

सिल्पाले आफूलाई विश्वास नभएको कुराको विज्ञापन गरेर त्यस्ता कुरा बेच्न नसक्ने बतायन् ।

सिल्पाको यो कदमलाई मध्यप्रदेशका पूर्वमुख्यमन्त्री तथा भारतीय जनता पार्टीका नेता शिवराज चौहानले पनि ट्वीट गर्दै प्रशंसा गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१