पत्रकार श्रेष्ठको प्रश्न- दर्ता नभएको जाहेरी दर्ता भयो भन्दै हल्ला गर्नेविरुद्ध के हुन्छ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ भाद्र २०७६, बिहीबार ०७:५३

काठमाडौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीको आत्महत्यालाई लिएर प्रहरीमा जाहेरी गरिएको भनी हल्ला गरेर मानमर्दन गरिएको बताएका छन् ।

शालिकरामले आत्महत्या गर्नुअघि रेकर्ड गराएको भिडियो सार्वजनिक गरेको भन्दै बुधबार काठमाडौं प्रहरी परिसरमा जाहेरी गर्न जाँदा जाहेरी दर्ता गरेको भन्दै सामाजिक सञ्जालमा हल्ला गरेर आफ्नो सामाजिक तथा सार्वजनिक मानमर्दन गरिएको श्रेष्ठले सामाजिक सञ्जालले लेखेका छन् ।

‘आज यसैमा फण्डा मच्चाउँदै केहीले हाम्राविरुद्ध साइबर क्राइमको केस दर्ता गराउन खोजेको सुनियो, पत्रकारले तथ्यमा टेकी लेखेका समाचारउपर मुध्दा दर्ता हुन्छ भने अब यति कुरा सोध्नैपर्ने भयो, म यिनका विरुध्द केस दर्ता गर्न पुलिसमा जाँदैछु भनी फेसबुकमा स्ट्याटस लेखेर दर्तै हुन नसकेको, नपाएको केस दर्ता भैसक्यो भनी होहल्ला गराएर सामाजिक र सार्वजनिक रुपमा हाम्रो मानमर्दन गर्नेहरुविरुद्ध के हुन्छ ?’ उनले लेखेका छन्, ‘आफूमाथिको आरोपलाई विषयान्तर गर्नको निम्ति ती चेली अस्मिता कार्की रुकुको निजी संवाद आफ्नो च्यानलमार्फत छरपष्ट पार्नेहरुविरुद्ध के हुन्छ ?’

प्रेस काउन्सिलका कार्यवहाक अध्यक्ष समेत रहेका श्रेष्ठले शालिकराम प्रकरणको भिडियो उनकै परिवारबाट पाएर निष्पक्ष र शीघ्र अनुसन्धानको निम्ति त्यसमा आधारित भई एक साताअघि समाचार प्रकाशन गरेका बताएका छन् ।

प्रतिक्रिया