कल्पना ढाका बुटिकका उत्पादनको पेरिसमा प्रमोशन हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ भाद्र २०७६, बुधबार १८:१३

द हाइल्याण्ड आर्ट तथा कल्पना बुटिकको ढाका उत्पादन एवं पहिरन प्रमोशन हुने भएको छ
। उक्त कार्यक्रमका लागि द हाइल्याण्ड आर्टकि मेनेजर आस्था लिम्बू युरोपतर्फ प्रस्थान गरेकी छन् ।
आस्थाको ढाका प्रमोटिङ कार्यक्रम फ्रान्सको राजधानी पेरिसबाट सुरु हुनेछ । ढाकाविद् समेत रहेकी कल्पनाका अनुसार आस्थाले पेरिसमा आयोजना हुने एक सेमिनारमा सहभागी हुनेछिन् । जहाँ नेपाली ढाकाबारे जानकारी गराउनेछिन् ।
आस्थाले फ्रान्सलगायत अन्य केही युरोपेली मुलुकहरुमा समेत ढाका पहिरनबारे आफ्नो धारणा राख्नेछिन् । यसअघि द हाइल्याण्ड आर्टले बेलायत, बेल्जियम, अमेरिकाको न्युयोर्कलगायतका सहरमा नेपाली ढाका पु¥यासकेकी छन् । पूर्वी नेपालबाट सुरु भएको द हाइल्याण्ड आर्टको ढाका परिहन पछिल्लो समय लोकप्रिय छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१