रवि लामिछानेकी श्रीमती निकिताले प्रहरीमा उजुरी दिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ भाद्र २०७६, बुधबार १३:५४

सञ्चारकर्मी रवि लामिछानेकी श्रीमती निकिता पौडेल लामिछानेले प्रहरीमा उजुरी दिने भएकी छिन् । उनले जारी गरेको घोषणामा भनेकी छिन्,‘ पति रबि लामिछानेको मुद्दामा बिधुतिय प्रमाण किर्ते गर्नेहरुका विरुद्ध आज महानगरीय प्रहरी परिसर काठमाण्डौमा जाहेरी दर्ता गर्न जादैछु ।’

उनले पति रवि लामिछानेको मुद्दामा बिधुतीय प्रमाण किर्ते गर्नेहरुका विरुद्ध महानगरीय प्रहरी परिसर काठमाण्डौमा बुधबार जाहेरी दर्ता गराउने सामाजिक सञ्जाल फेसबुक पेजमार्फत जानकारी दिएकी हुन् ।

उनले कसकसका विरूद्ध जाहेरी दिन्छिन् त्यसबारेमा केही खुलासा नगरे पनि उनले यो भिडियो बाहिर ल्याउने व्यक्ति र सञ्चारमाध्यमविरूद्ध नै जाहेरी दिने सम्भावना छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक २८, २०८१