बिहारका पूर्वमुख्यमन्त्री मिश्रको निधन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ भाद्र २०७६, मंगलवार ०४:२६

एजेन्सी । भारतस्थित बिहार राज्यका पूर्वमुख्यमन्त्री डा. जगन्नाथ मिश्रको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेको मिश्रको दिल्लीमा निधन भएको जनाइएको छ ।

तीन पटकसम्म बिहारको मुख्यमन्त्री रहेका सिंहको ८२ वर्षको उमेरमा सोमबार निधन भएको हो ।

सन् १९७५ मा मिश्र पहिलोपटक बिहारको मुख्यमन्त्री बनेका थिए । त्यस्तै सन् १९८० मा दोस्रोपटक बिहारको मुख्यमन्त्री बनेका सिंह सन् १९८९ मा तेस्रो पटक बिहारको मुख्यमन्त्री बनेका थिए ।

पूर्वमुख्यमन्त्री मिश्रको निधनमा बिहारका मुख्यमन्त्री नितिश कुमारले दुःख व्यक्त गरेका छन् । मिश्रको निधनमा बिहारमा तीन दिन शोकको घोषणा गरिएको छ ।

राजकीय सम्मानका साथ मिश्रको अन्त्येष्टि गरिने गनाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१