योग प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीको पाठ्यक्रम तयार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ भाद्र २०७६, मंगलवार ०४:२४

काठमाडौं । योग, प्राकृतिक चिकित्सा, आयुर्वेद र जडिबुडीका बिषयमा पाठ्यक्रमका लागि प्रतिवेदन तयार भएको छ । योग प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी कार्यक्रमको आवश्यकता पहिचान, पाठ्यक्रम निर्माण परिमार्जन सम्बन्धमा सुझाव दिन गठित समितिले पाठ्यक्रम तयार गरी शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाएको छ ।

नेपाल संस्कृत विश्व विद्यालयका योग एवं प्राकृतिक बिषय समितिका अध्यक्ष डा. हरिप्रसाद पोखरेलको संयोजकत्वमा गठित समितिले मन्त्री पोखरेललाई प्रतिवेदन बुझाएको हो ।

योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीको क्षेत्रमा प्राविधिक शिक्षा तथा विद्यालय शिक्षामा आवश्यकता, सम्भाव्यता, औंचित्यता र सान्दर्भिकताको आधारमा सञ्चालन गर्न सकिने सम्भावित विषयमा प्रतिवेदन तयार गरेको हो ।

समितिको प्रतिवेदन बुझ्दैं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले आवश्यक तयारी र छलफलपछी समितिले बुझाएको सुझाव कार्यान्वयन गर्ने बताएका छन् । मन्त्री पोखरेलले सो बिषय प्राथामिकतामा रहेको उल्लेख गर्दै तत्कालै कार्यान्वयनमा लैजान आवश्यक कदम चाल्ने समेत बताए ।
समितिले योग प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीको क्षेत्रमा विद्यार्थीहरुको आकर्षण बढाउनको लागी कक्षा ९ देखि १२ सम्मको विद्यालय शिक्षामा योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीसम्बन्धी ऐच्छिक बिषयहरु तत्कालैं अध्यापनको व्यवस्था गर्न उपयुक्त हुने सुझाव दिएको छ ।

नयाँ पाठ्यक्रममा नेपालको जडिबुडी सम्बन्धी वास्तविक अध्ययन समेटिएको समितिका संयोजक डा. पोखरेलको भनाइ छ । विभिन्न उपसमितीहरु निर्माणगरी करिब ४ महिनामा प्रतिवेदन तयार पारिएको पोखरेलले बताए ।

समितिको सदस्यहरुमा प्रा.डा. सञ्जय पोखरेल, प्रा.डा. नन्दबहादुर सिंह, डा. शेषराज आर्चाय, डा. जनकबहादुर बस्नेत, डा. लेखनाथ पौंडेल, सञ्जिवकुमार राई रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१