चितवनका व्यवसायीले निकाले शान्ति र्‍याली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ भाद्र २०७६, सोमबार १३:२०

चितवन । चितवनका होटल तथा रेस्टुरेन्ट व्यवसायी संघले सोमबार विहान चितवनमा र्‍याली निकालेका छ । पत्रकार शालीकराम पुडासैनीको मृत्यु प्रकरणपश्चात् चितवनका सम्बन्धमा गलत सन्देश गएको भन्दै त्यसलाई चिर्न उक्त र्‍याली निकालिएको हो ।

चितवनका सम्बन्धमा गलत सन्देश गएको तर चितवन सुरक्षित रहेको भन्दै त्यसैका लागि संघले र्याली निकालेको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनले जनाएको छ ।

यही साउन २० गते चितवनको कंगारु होटलमा पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा फेला परेका थिए । उक्त प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रवि लामिछानेलाई पक्राउ गरेको थियो ।

त्यसयता चितवनमा रविको समर्थनमा प्रदर्शनहरु हुँदै आएका छन् । त्यस्तै पुडासैनीले न्याय पाउनुपर्ने माग गर्दै अर्को समूहले प्रर्दशन गर्दै अएको छ ।

यसरी प्रदर्शन बढ्दै गएपछि प्रशासनले सोमबार चितवनका केही क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक २८, २०८१