“कोका–कोला क्यापमा कार अफर”

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ श्रावण २०७६, शुक्रबार २०:४२

घण्टा एलजीको एलईडी टिभी जित्ने मौका
कोका–कोलाको मज्जा लिनुहोस् साथै बम्पर उपहारमा टाटा टियागो गाडी जित्नुहोस

काठमाडौं –कोका–कोला नेपालले उपभोक्ताहरुलाई यस वर्षकै सबैभन्दा ठुलो प्रोमोस्नल क्यामपेन “कोका–कोला क्यापमा कार अफर” ल्याएको छ । कोका–कोला ब्राण्ड सधैभरि उपभोक्ताहरुसँग अनुपम क्यामपेनको माध्यमबाट जोडिदै आइरहेको छ साथै उपभोक्ताहरुलाई रोमाञ्चक तथा अविस्मरणीय अनुभवहरु प्रदान गर्दै आइरहेको छ । यस पटक कोका–कोलाले उपभोक्ताहरुलाई टाटा टियागो गाडी, र हरेक घण्टा एलजी एलईडी टिभी जित्ने मौका दिदैँ आफ्नो सवारी अप्ग्रेड गर्ने अवसर प्रदान गरेको छ ।

प्रोमोस्नल क्यामपेन अन्तर्गत उपभोक्ताहरुले ५०० एमएल, १.१५ लिटर र २.२५ लिटरको कोका–कोला, स्प्राईट र फ्यान्टा किनेर यसको मज्जा लिनुका साथै लक्की ड्र का लागि कन्टेस्टमा सहभागी हुन सक्नेछन् । लक्की ड्र हरेक दिन आयोजना गरिनेछ र उपभोक्ताहरुले हरेक घण्टा एलजी एलईडी टिभी र बम्पर उपहारमा टाटा टियागो गाडी जित्न सक्नेछन् ।

यस क्यामपेनमा सहभागी हुन उपभोक्ताहरुले बिर्को मुनि रहेको ८ अंकको यूनिक कोड ९ग्लष्त्रगभ ऋयमभ० टाइप गरेर ३६७६८ मा एसएमएस गर्नुपर्ने हुन्छ । उक्त म्यासेज भेरिफाई गरेर प्रत्येक घण्टा आयोजना गरिने लक्की ड्र का लागि पठाइनेछ र त्यसपश्चात मात्र बम्पर लक्की ड्र का लागि पठाइनेछ । उपभोक्ताहरुलाई वैध पुष्टिकरण पठाइनेछ र विजेताहरुलाई पनि छिट्टै सूचित गरिनेछ । उपभोक्ताहरुले पुरस्कार दावी गर्न कोड प्रिन्ट भएको बोतलको बिर्को पनि राख्नुपर्नेछ ।

यस योजना ३१ अगष्ट २०१९ सम्म मात्र मान्य हुनेछ । नियम र शर्तहरुको विवरण राष्ट्रिय दैनिक पत्रिका र कोका–कोला नेपालको आधिकारिक फेसबुक पेज www.facebook.com/cocacolanplमा गएर हेर्न सकिनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१