टाइगर प्यालेसको सम्पूर्ण सम्पत्ति रोक्का

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ श्रावण २०७६, शुक्रबार ०७:३९

बुटवल । रुपन्देहीको कोटिहवामा रहेको पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टको सम्पूर्ण सम्पत्ति रोक्का भएको छ। सरकारी जग्गा मिचेर निर्माण गरिएको होटलविरुद्ध परेको पूरक निवेदनमा जिल्ला अदालत रुपन्देहीले होटलको सम्पूर्ण सम्पत्तिसहित सेयर खरिदबिक्री रोक्का गर्न आदेश दिएको हो।

गत असार १९ गते भैरहवा लुम्बिनी भूमिगत जल परियोजनाको १० कट्ठाभन्दा बढी नहर क्षेत्र अतिक्रमण गरेर होटल निर्माण गरेको भन्दै मुद्दा परेको थियो। आजको नागरिक दैनिकले पहलिो पृष्ठमा समाचार छापेको छ ।

सो मुद्दाको प्रारम्भिक सुनुवाइमा सरकारी कित्ताका जग्गा, तिनमा संरचना निर्माण, बेचबिखन तथा दृष्टिबन्धकलगायतका कुनै पनि काम नगर्नू नगराउनू भन्ने आदेश जारी भएको थियो। होटलको स्वामित्व रहेको सिल्भर हेरिटेजले भने अदालती आदेश अवज्ञा गर्दै होटल बिक्री प्रक्रिया अगाडि बढाएको थियो।

त्यसपछि साउन २७ गते लुम्बिनी नलकुप जल उपभोक्ता समिती रुपन्देहीका अध्यक्ष थानेश्वर घिमिरेले टाईगर वान प्रालि र सिल्भर हेरिटेज कम्पनीलाई विपक्षी बनाउँदै सम्पूर्ण सम्पत्ति रोक्का राख्ने आदेशका लागि अनुरोधसहित पूरक निवेदन दर्ता गराएका हुन्।

सोही निवेदनउपर मंगलबार सुनुवाइ गर्दै जिल्ला अदालतका न्यायाधीश रमेशराज पोखरेलको इजलासले मुद्दाको टुंगो नलागेसम्म कम्पनीका नाममा रहेको जग्गा, भवन, संरचना र सेयर यथास्थितिमा राख्न आदेश जारी गरेको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१