आज पनि भारी बर्षा हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ श्रावण २०७६, शुक्रबार ०७:३७

काठमाडौं । मनसुनको न्यून चापिय रेखा नेपालको पूर्वी भूभागमा औसत स्थान भन्दा उत्तर तर्फ रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

न्यून चापिय रेखा बाकी भूभागमा औसत स्थानमा छ। मनसुनको न्यून चापिय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।

आजको मौसम

आज बिहान देशका अधिकांश स्थानमा आंशिक देखि सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । पूर्वी तराईमा आंशिक बदलीको अवस्था छ ।

आज दिउँसो देशका पश्चिमी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा पूर्वी र मध्य भूभागमा सामान्य देखि पूर्ण बदली रही देशका केही स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यसैबीच आज राति देशभरी सामान्य बदली रही देशका केही स्थानमा हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी तथा मध्य भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया