साहित्यकार अमरको तिज गीत सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० श्रावण २०७६, बिहीबार २०:११

कहिले दशैं कहिले तिहार त कहिले तिज साँच्चिकै  नेपाली महिलाहरूको चाडपर्व पनि धेरै हामी नेपाली भाग्यमानी नै हो जुन देशमा चाडपर्वको रौनक धेरै नै रहेको छ । विशंगती र बिकृति विरुद्ध तीखो प्रहार गर्दै तिजको अवसरमा तिज गीत लिएर कवि, गीतकार, एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” को रचना रहेको “छमछ्मी नाच्ने कमर भाँच्ने” तिज गीत सार्वजनिक भएको छ । राम कार्कीको संगीत रहेको उक्त तिज गीतमा राम कार्की, सुरेश थापा, अनिता दंगाल र शान्ता कार्कीको स्वर रहेको छ । भिडियोको निर्देशन सुरेश थापाले गरेको हो भने अभिनयमा दर्शने भनी चिनिने हाँस्य कलाकार सुरेश थापा, शान्ता कार्की, अनिता दंगाल, किरण नेपाल, भुवन के पोखरेल र अस्मिता कार्की आदिको बेजोड प्रस्तुत रहेको छ । भिडियो इडिट एस के थापा  र सिनेमाग्राफी नवराज खड्काको रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१