२२१ जना केटासँग प्रेम असफल भएपछि यि युवतीले गरिन् कुकुरसँग बिवाह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० श्रावण २०७६, बिहीबार ०४:५९

एजेन्सी । संसारमा निकै अचम्म लाग्दा घटना सुन्न पाइन्छ । बेलायतकी एक जना पूर्वमोडलले गरेको हर्कतको अहिले चर्चा भइरहेको छ । ति पुर्व मोडलले २२१ जना केटासँगको प्रेम असफल भएपछि कुकुरसँग बिहे गरेकी छन् ।

इलिजावेथ होडले टेलिभिजन कार्यक्रमको प्रत्यक्ष प्रसारणमा आफूले पालेको कुकुरसँग विवाह गरिन् । ४९ बर्ष सम्म पनि पारिवारिक जिवन सफल पार्न नसकेकी पूर्व मोडलले अन्तत टेलिभिजन कार्यक्रममा प्रत्यक्ष प्रसारणवाट सबैलाई देखाएर कुकरसंग विवाह गरेकी छिन् ।

इजिजावले सन् १९९० को दशककी चर्चित पेज ३ मोडल हुन् । पेज ३ ट्याबलोइड पत्रिकामा मोडलहरु समावेश गरिने स्थान थियो । उनको एक २५ वर्षीय छोरासमेत छन् । तर धेरैपटकको सम्बन्ध विच्छेद र असफल प्रेम सम्बन्धपछि आफूले सम्बन्धमा दिगोपन चाहेको इलिजावेथको भनाइ छ । उनका अनुसार कुकुर मानिसजस्ता जाली र झेली हुँदैनन् । कुकुरसँग बिहे गर्नासाथ उनको प्रश्न छ– केटो किन चाहियो ? यो घटनालाई धेरैले आश्चर्य मानेका छन्

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१