हस्पिटलबाट निकालेर घाटमा लागि शव जलाउन खोज्दा, शव चिच्याएर कराउन थालेपछि ……

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० श्रावण २०७६, बिहीबार ०४:५६

ज्यान गएको भन्दै घाट पु¥याइएको व्यक्ति ज्यूदै फर्किए भन्दा तपाईलाई अचम्म लाग्न सक्छ तर अचम्म मान्नु पर्दैन जिल्लाको रैनादेवी गाउँपालिका १ सिद्देश्वरमा घाटमा लगिएकी एक महिला ज्यूदै फर्किएकी छन् । केही समय अघि झाडापखला लागेर युनाइटेड मिसन अस्पताल भर्ना भएकी सिद्देश्वरकी ३६ वर्षीया नर्मता ज्ञवाली ज्युदै भएपछि अहिले उनलाई लुम्बीनी मेडीकल कलेज पाल्पामा भर्ना गरिएको छ ।ज्ञवालीलाई सोमबार दिउसो आफन्ताको आग्रहमा अस्पतालले डिस्चार्ज दिएको थियो । डिस्चार्जपछि आफ्mन्तले एम्वुलेन्समा राखेर रिडी घाटमा लगेको र घर तर्फवाट केही आफन्तजनहरुलाई समेत घाट आउन भनेर खबर आएको रिडी घाट गएको वडा अध्यक्ष सोमबहादुर दर्लामीले जानकारी दिए ।

उनका अनुसार आफन्ताले आधा घण्टापछि अक्सिजन झिकेको कारण विरामीको मृत्यु भएको हल्ला भएको र उनको खुट्टा जलमा डुवाएर राखेपछि (अर्धजल गर्ने क्रममा) आफन्ताहरु चिताको तयारीमा लागे । केही समयपछि उनी चल्न, कराउन थालेपछि तत्कालै त्यँहीबाट स्थानीय स्वास्थ्य चौकी पु¥याइएको थियो ।ज्ञवालीलाई स्थानीय स्वास्थ्य चौकीले धड्कन र नाडी चलेकाले थप उपचारका लागि अस्पताल लैजान भनेपछि आफन्तहरुले एम्वुलेन्समा राखेर लुम्विनी मेडिकल कलेज प्रवास प¥याएका थिए । उनको अहिले एल.एम.सीमा उपचार भइरहेको छ ।

मोहनीलाल कुँवर ‘एम्बुलेन्स चालक’ को भनाई जस्ताको त्यस्तै : ”पूर्वखोलाको सुत्केरी लैजान लागेको थिए । उहाँहरुले हाम्रो विरामी लगिदिनुस् भन्नुभयो । कहाँ जाने हो भन्दा सिद्देश्वर भन्नुभयो । कुन बाटो भन्दा खानी जाने बाटो भन्नुभयो । खाल्टाखुल्टी छ त्यो बाटो अहिले जान सक्दैन भने । उहाँहरुले मनभागसम्म छोडिदिनुहोस भन्नुभयो ।

घर कहाँ भनेर सोधें, पारिपट्ट घर छ भन्नुभयो । दुईवटा अक्सिजन सिलिन्डर बोकेर गइयो । सिरुखर्क पुगेपछि एक जना बुढो मान्छेले फोन गर्नुभयो । बिरामीले एक डेढ घण्टामा छोड्छ भनेर फोन गर्नुभयो । रिडीको पुल नजिक पुगेपछि मैले सोधे सरासर जाने होला क्यारे । उहाँहरुले हैन अर्ध जलमा लैजाने भने । अनि गुल्मी तिरको घाटमा लगे । पानी पर्न खोजेको थियो । आफैले अक्सिजन बन्द गरे । तपाईंहरुले अक्सिजन बन्द गर्नुभयो । अब बिरामी एम्बुलेन्समा मर्छ । यस्तो काम गर्न मिल्दैन भनेर मैले भनें । बिरामीलाई पाल्पा तिरको घाटमा ल्याएर झारे । प्रहरी आयो । बिरामी ल्याएको हो कि लास ल्याएको भनेर प्रहरीले सोध्यो । प्रहरीले उहाँहरुको नाम नम्बर टिप्नुभयो ।

महिलाहरुले मानेका थिएनन् । मान्छे मर्न कहाँ छ कहाँ छ दाउरा र घाट भनेर महिलाहरुले गाली गरेका थिए । मान्छे नमरी गाउँले आ ओ भन्ने, दाउराको जोहो गर्ने भनेर महिलाले गाली गरिरहेका थिए । एक हजार आठ एम्बुलेन्स चार्ज र पाँच सय अक्सिजनको चार्ज काटेर हिंडे । म तानसेन फर्किए ।”

अस्पतालकै एम्बुलेन्समा अक्सिजन लगाएर बिरामीलाई घर पठाएको अस्पतालको प्रतिक्रिया छ । मिशन अस्पतालका अनुसार उनका श्रीमान सूर्यचन्द्र कँडेल, छिमेकी भानुभक्त भट्टराई, ओम पौडेल र थानेश्वर कँडेलले अस्पतालबाट बिरामी बुझेका हुन् ।युनाइटेड मिशन अस्पतालमा १० दिनसम्म उपचार गर्दा ७३ हजार ६ सय ७८ रुपैयाँ खर्च भएको र खर्चमध्ये ५६ हजार ९ सय ६३ रुपैयाँ स्वास्थ्य बीमाबाट काटिएको अस्पतालले जनाएको छ ।
(सुमन कार्कीले न्युज २४मा लेखेको यो समाचार हामीले जस्ताकोतस्तै साभार गरेका हौ )

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१