रवि लामिछानेसहित तीन जनालाई पक्राउ गरेर अनुसन्धान हुन्छ: प्रहरी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० श्रावण २०७६, बिहीबार ०४:४०

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पीडित परिवारले किटानी जाहेरी दिएमा पत्रकार रवि लामिछानेसहित तीन जना पक्राउ पर्ने भएका छन् ।

चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले किटानी जाहेरी दिएमा आरोपित तीन जना पक्राउ पर्ने बताएका छन् ।

पुडासैनीको भिडियो बाहिरिएपछि मल्लले पुडासैनीलाई आत्महत्या गर्न बाध्य पार्नेलाई कारबाही हुने बताए । उनले भने, ुहामीले पहिलो चरणमा घटनाको अनुसन्धान गर्छौं । किटानी जाहेरी आएमा पक्राउ गर्छौं । आत्महत्या गर्न बाध्य पारिएको फेला परेको छ । अब पीडित परिवारले किटानी दिए पक्राउ गरेर अनुसन्धान हुन्छ।’

किटानी जाहेरी नपरेमा डिजिटल ल्याबको रिपोर्टका आधारमा उनीहरुलाई बोलाउने र नआएमा पक्राउ गरेरै भए पनि अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको डिजिटल ल्याबको रिपोर्ट भोलि चितवन आइपुग्ने र त्यसैका आधारमा थप अनुसन्धान गरिने मल्लको भनाई छ ।

भिडियोमा चर्चित सञ्चारकर्मी लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीमाथि प्रहरीले अनुसन्धान गर्ने जनाएको छ । पुडासैनीले तीन जनाका कारण आत्महत्या गर्न बाध्य भएको भिडियोमा भनेका छन् ।

प्रतिक्रिया