सन्तलाल प्रसाद साह मेमोरियल फाउन्डेशनको शुभारम्भ, सामाजिक न्यायमा काम गर्नै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ श्रावण २०७६, बुधबार १४:२६

सन्तलाल प्रसाद साह मेमोरियल फाउन्डेशनको बबरमहल काठमाडौंमा संस्थाका अध्यक्ष श्री प्रमिला साहको अध्यक्षतामा एकसमारोहको बीच संस्थाको शुभारम्भ भयो । प्रमुख अतिथि जनता टेलीभिजनका प्रमुख कार्यकारी निर्देशक एवम् समावसेवी डा. रमेश पौडेलले सन्तलाल प्रसाद साहको तस्बिरमा मार्लापण साथै दिप प्रजलनगरी संस्थाको शुभारम्भ गर्नुभयो । सन्तलाल प्रसाद साह सर प्रति हार्दिक श्रद्धान्जली अर्पण गरिएको थियो ।

त्यसैगरी संस्थाका अध्यक्ष श्री प्रमिला साह, अतिथिहरु सन्तलाल प्रसाद साह मेमोरियल फाउन्डेशनका सल्लाहकार श्री सुधीर प्रकाश मास्के, समाजसेवी श्री मधुकर उपाध्याय, समाजसेवी श्री सुर्दुशन प्रधानाङ्ग, कादम्बरी मेमारियल कलेजका क्याम्पस प्रमुख एवंम् संस्थाका सल्लाहकार श्री प्रदिप्ता कादम्बरी, पूर्व डीआईजी श्री कृष्ण गुरागाँई, समाजसेवी डा. सुशीला मल्ल, सुनिता फाउन्डेशनका अध्यक्ष श्री सुनिता दनुवार, सरिता न्यौपानेले शुभारम्भ कार्यक्रममा संस्थालाई आफूहरुले सकेको सदैब सहयोग गर्ने र संस्थाका अध्यक्षलाई उहाँको कार्यको सहरानीय गर्दै बधाई दिदैं सबैले आआफनो मन्तव्य राख्नुभएको थियो । त्यसतैगरी संस्थाका कानुनी सल्लाहकार श्री गणेश प्रसाद घिमिरेले सन्तलाल प्रसाद साह मेमोरियल फाउन्डेशनको संक्षिप्त जानकारी राख्नुभएको थियो । यस संस्थाले सामाजिक न्याय, मानवअधिकार, शान्ति, विकास र व्यतिm साथै समूहलाई शिपमूलक तालिम दिई उनीहरुलाई जिबिकोपार्जन गर्न सहयोग पुराउने उदेश्य लिएको छ ।

हुने कुरालाई कसैले टार्न सक्छ, २०६९ साल कार्तिक २८ गते मंगलबारको दिन बिहानै मनिङवाकमा निस्केको बेलामा चन्द्रनिगाहपुर हाइवेमा सवारी दुर्घटनामा परि उहाँको घटानास्थलमा मुत्य भएको थियो । उहाँकी धर्मपत्नी समाजसेवी श्री प्रमिला साहले आफनो श्रीमानको काम र उहाँले गर्नु भएको सामाजिककामलाई निरन्तर दिन उहाँको सम्झनामा त्यही असल कामको छाँयालाई थेरै भएनी सामाजिक काममा आफनो जीवनको बाँकी समय समर्पित गर्न आफना श्रीमान्को नाममा सामाजिक संस्था खोली समाजसेवामा सक्रियरुपमा लाग्ने निधो गर्दे प्रमिला साहले यही २०७५ साल चैत्र ३ गते काठमाडौंमा संस्था दर्ता गरी सन्तलाल प्रसाद साह मेमोरियल फाउन्डेशन खोल्नुभयो ।

कार्यक्रममा सन्तलाल प्रसाद साह मेमोरियल फाउन्डेशनका अध्यक्ष श्री प्रमिला साहले बालबालिका, युवा र महिलामा सामाजिककार्यमा कार्यरत फल्चा नेपाललाई आर्थिक सहयोग समेत गर्नभएको थियो । आजको यो बिशेष कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नुहुने सबैलाई हामी धन्यवाद तथा आभार प्रकट गर्दछौं । हामीलाई सहयोग गर्नु हुने किसान एग्रो भेट सेन्टरका श्री विजय कुमार साहलाई धेरै धेरै धन्यवाद दिन चाहान्छौं ।

स्व. सन्तलाल प्रसाद साहका पत्नी प्रमिला साह र ३ जना छोरीहरु सोनीका, मोनीका र खुश्बु हुनुहुन्छ । अहिले जेठी छोरी मेडिकल डाक्टर र अरु २ छोरीहरु नेपालमै उच्चशिक्षामा अध्यायनरत छन् ।

प्रतिक्रिया