नुवाकोटमा बालुवा उत्खनन गर्न खनेको खाल्डोमा डुबेर २ जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ श्रावण २०७६, मंगलवार ०४:२२

नुवाकोट– नुवाकोटमा बालुवा उत्खनन गरेका खाल्डोमा डुबेर दुई जनाको ज्यान गएको छ ।नुवाकोटको ककनी गाउँपालिका वडा नं १ ओखरपौवा स्थित कोल्पुखोला किनारमा अबैध रुपमा बालुवा उत्खनन्को क्रममा बनेको खाल्डोमा जमेको पानीमा डुबेर दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

खाल्डोमा जमेकको पानीमा डुबेकी स्थानिय राजेन्द्र बलामिकी १३ वर्षकी छोरी बिनिता बलामीलाई बचाउन गएकी सिन्धुलीको फिक्कल गाउँपालिकाकी ३५ वर्षीय लक्ष्मी तामाङको पनि डुबेर ज्यान गएको नुवाकोट प्रहरीले जनाएको छ ।

साँझ ६ बजेतिर खोला किनारमा खेल्न गएकी बालिका डुबेपछि उद्धार गर्न गएकी अर्की महिलाको पनि सोही खाल्डोमा डुबेर मृत्यु भएको स्थानीय राजन न्यौपानेले जानकारी दिए ।

गैर(जिम्मेवारी तरिकाले खोलामा स्काभेटर प्रयोग गरी बालुवा उत्खनन् गर्नु र लापरवाही तरिकाले बालुवा जम्मा गर्न खाल्टो खन्ने कार्यको बिरोध गर्दै यस्तो प्रकारका अवान्छित गतिविधि तत्काल वन्द गर्न स्थानीयले प्रशासनसंग माग गरेका छन ।

प्रतिक्रिया