परिदृश्य बचत तथा ऋण सहकारी संस्थाको कारोबार सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ श्रावण २०७६, सोमबार ०५:३४

काठमाडौं । केही संस्थाका बचतकर्ताले बचत रकम नपाएर दिक्क छन् भने केही संस्था बन्द भएको भएको छ । यस्तै भएको छ, परिदृश्य बचत तथा ऋण सहकारी संस्थामा । बिगत ७ बर्ष बन्द भएको कालिमाटीमा रहेको परिदृश्य बचत तथा ऋण सहकारी संस्था पुनः संचालनमा आएको छ ।
परिदृश्य बचत तथा ऋण सहकारी संस्थाको बिशेष साधारणसभाले श्यामसुन्दर घिमिरेको अध्यक्षतामा संचालन गरेको जानकारी दिएको छ । सस्थाले ३ करोड बजारमा लगानी गरेको छ भने बचतकर्ताहरुको तिर्नु पर्ने रकम २ करोड ४९ लाख रहेको छ ।

संस्थाले बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि सस्थाका अध्यक्ष रामबहादुर बस्नेत फरार भएपछि सस्था एकाएक बन्द भएको थियो । सस्थाका बचतकर्ताहरु अदालतले केहि राहत दिन्छ कि भनेर अदालतमा मुद्दा हलेता पनि संचालक बस्नेत आज सम्म फरार रहेकोले अदालतमा मुद्दा चलिरहेको छ । यता बचतकर्ता (जायरवाला ) भने सस्थालाई पुन संचालनमा ल्याएर सस्थाले लगानी गरेका ऋणलाई उठाएर हरेक बचतकर्ताहरुलाई फिर्ता गर्ने गरि सस्था संचालन ल्याएको
श्यामसुन्दर घिमिरेले बताउनुभयो । परिदृश्य बचत तथा ऋण सहकारी संस्था पुनः संचालनमा ल्याउन साधारण भेला समेत आयोजना गरि काम बढाउने जिम्मा बचतकर्ताहरुले नै लिएका थिए।

बचतकर्ता मध्य श्याम सुन्धर घिमिरेको अध्यक्षतामा ९ सदस्यीय संचालक र लेखा समिति रहेको परिदृश्य बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, जेष्ठ ३, २०८१