काठमाण्डौं । अन्तर्राष्ट्रिय युवा दिवस १९९९ देखि विश्भरिका राष्ट्रहरूले उत्सवका रूपमा मनाउँदै आइरहेका छन् । संयुक्त राष्ट्र संघले युवाका मुद्धाहरूलाई स्थापित गर्न प्रत्येक १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरेको छ । युवाका सवालहरूमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जगारूक गरान यो दिवसको घोषण गरिएको हो ।
नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ । मानब अधिकारको क्षेत्रमा काम गर्ने एम्नेष्टि इन्टरनेसनल नेपाल मिडिया ग्रुप ५३ काठमाडौंले चौथो साधारणसभा तथा अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा कार्यक्रमको आयोजना गर्न लागेको एम्नेष्टि इन्टरनेसनल नेपाल मिडिया ग्रुपका ५३ काठमाडौंका संयोजक मुकुन्द ढुंगानाले जानकारी दिनुभयो।
सामान्य अर्थमा व्यक्तिलाई उमेरका आधारमा गरिने पहिचानअनुरुप वाल्यावस्था पार गरिसकेका र प्रौढावस्थामा पुगिनसकेका समूहका व्यक्तिलाई युवा भनिन्छ । युवा त्यो उमेर समूह हो जसमा राष्ट्रको भविष्यका कर्णाधार वर्तमानका साझेदार तथा विकास र परिवर्तनका संवाहकको सामथ्र्य रहेको हुन्छ ।
राष्ट्र निर्माणमा सबै उमेर र अवस्थाका व्यक्तिहरुको भूमिका महत्वपूर्ण मानिने सन्दर्भमा युवाहरुको भूमिकालाई अझ अर्थपूर्ण र क्रियाशील रुपमा हेरिन्छ । युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसर राज्यले सृजना गर्नुपर्दछ । हरेक देशमा भएका आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनमा युवा शक्तिको निर्णायक सहभागिताका कारण परिवर्तन संभव भएबाट राज्यले निर्माण गर्ने कानून, नीति एवं कार्यक्रममा युवा र उनीहरुका सरोकारका विषय सम्बोधन हुन आवश्यक मानिन्छ ।
युवालाई राज्य सञ्चालन प्रकृयामा समावेश गर्न नसकेमा राष्ट्रले उनीहरुको उर्जा र प्रतिभाबाट लाभ लिनुको सट्टा कुलत, विकृति, द्वन्द्व र अस्थिरताको सामना गर्नुपर्ने स्थिति आउन सक्छ ।
नेपालमा ०६८ को जनगणना अनुसार नेपालमा १६ देखि ४० वर्षका युवावर्गको संख्या ४०.३५ प्रतिशत रहेकोे छ । त्यसैगरी १६ देखि ३५ वर्षका युवा समूह ३४।३६ प्रतिशत रहेको छ भने १५ देखि २९ वर्षका युवा २७.८ प्रतिशत र १५ वर्ष मूनिको जनसंख्या हेर्दा झण्डै ३४.८ प्रतिशत छ ।
राष्ट्रिय युवा नीति ०६६ को कार्यान्वयनका लागि युथ भिजन २०२५, निर्माण हुनु, राष्ट्रिय युवा परिषद गठनको विधयक संसदबाट पास हुनु युवाहरुको लागि निश्चय नै सुखदको कुरा हो । तर, अझै पनि राज्यको नीति निर्माण र निर्णय प्रक्रियामा सार्थक सहभागिता सुनिश्चित हुन सकिरहेको छैन । देशले प्राकृतिक विपदको सामना गरिरहँदा आम युवाहरु उदार, राहत र पुननिर्माणमा सहभागी भए ।
मुलुकको आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक क्षेत्रमा युवाहरुको सक्रिय सहभागिता रहेको छ । कृषि तथा उत्पादनमूलक क्षेत्र र श्रम क्षेत्रमा पनि युवाहरुको उपस्थिति ठूलो छ । अध्ययन, रोजगारी, जीविकोपार्जन र अवसरको खोजीका लागि धेरै युवाहरु शहर केन्द्रित मात्र होइन विदेश पलायन भएको यथार्थता हाम्रो सामु टड्कारो रुपमा छ ।
युवाहरुलाई आर्थिक, सामाजिक, राजनीतिक र साँस्कृतिक जीवनमा अर्थपूर्ण सहभागिता र नेतृत्व विकासका माध्यमबाट राष्ट्रिय विकासको मूलप्रवाहमा समाहित गरी सर्वाङ्गीण राष्ट्रिय विकास गर्नु जरुरी छ । युवाहरु राष्ट्रका भविष्य हुन् । जुनसुकै देशमा हुने हरेक प्रकारका परिवर्तनहरुमा युवाहरुको प्रमुख भूमिका रहन्छ ।
युवाहरु वास्तविक अर्थमा समाज परिवर्तनका संवाहक शक्ति हुन । देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायत देशको समग्र विकासमा युवाको प्रमुख भूमिका रहने भएको र हुनु पर्ने भएकोले युवा राष्ट्र निर्माणका पूर्वाधार हुन् । देशको जानसांख्यिक तथा श्रम शक्तिको दृष्टिले सबै भन्दा बढी र सबल क्षेत्रको रुपमा रहेको युवा शक्तिको सही रुपमा पहिचान र उपयोग हुन सकेको छैन । देशमा शिक्षा, रोजगारी तथा अन्य अवसरहरुको अभावमा देशको प्रमुख उर्जाको रुपमा रहेका युवाहरु विभिन्न कारणले पलायन हुने अवस्था ज्यादै विचारणीय पक्ष रहेको छ ।
युवाहरुले विदेशमा गएर कमाएर पठाएको विप्रेषणको रकम तत्काललाई नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको भए तापनि यस्तो श्रम शक्तिलाई स्वदेशमा नै परिचालन गर्ने प्रयास हुन नसकेमा भविष्यमा यसबाट देशले ठूलो नोक्सानी व्यहोर्नु पर्ने निश्चित छ ।
सहभागिता र अवसरका दृष्टिले नेपालका युवाहरुको अवस्था सन्तोषप्रद छैन । त्यसमा पनि महिलाहरुको अवस्था अझ नाजुक रहेको छ । युवाका विभिन्न अधिकारहरुलाई सही रुपमा संवधोन गरी उनीहरुको ज्ञान, सीप र अनुभव, र सिर्जनशीलतालाई राष्ट्रिय विकासमा मूलप्रवाहिकरण गर्ने तर्फ राष्ट्रका नीति तथा कार्यक्रमहरु निर्देशित हुनु जरुरी छ ।
युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकका रुपमा विकसित हुने अवसर राज्यले प्रदान गर्नका लागि संविधानले युवाका चासोहरुलाई समुचित ढङ्गले संबोधन गर्न आवश्यक देखिन्छ । यसका लागि राष्ट्रिय स्वतन्त्रता, न्याय र शान्ति स्थापनाका लागि युवा शक्तिको परिचालन, देशको समग्र क्षेत्रमा युवाको समानुपातिक सहभागीता, युवाहरु बीच अवसर र रोजगारीका समान अवसर, विदेशमा रहने युवाहरुको संरक्षण र सम्बर्द्धनको व्यवस्था, राष्ट्रिय विकासमा युवाका ज्ञान, सीप र क्षमताको उपयोग जस्ता विषयहरु प्रमुख रुपमा संविधानले संवोधन गर्नु उपयुक्त हुने देखिन्छ ।
अन्तराष्ट्रिय युवा दिवसको नारालाई सार्थकताका लागि पनि युवाहरुलाई राज्यका सबै तह तथा निकायमा समान सहभागिता सुनिश्चित गर्नुका साथै संविधानमै युवाको हक अधिकार स्थापित गर्नु आजको आवश्यकता हो ।
प्रतिक्रिया