ब्लडक्यान्सर भुवन घर्तीलाई ७५ हजार हस्तान्तरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ भाद्र २०७१, शनिबार ०९:३३

काठमाडौं , २१ गते । करिब १ बर्षदेखि ब्लडक्यान्सर जस्तो प्राणघातक रोगबाट तड्पिरहेका रोल्पा राङसीका ११ बर्षिय वालक भुवन घर्ती मगरलाई शनिबार दाङ–देउखुरी प्रवासी संघ समाजले ७५ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । ???????????????????????????????मिडिया इन्टरनेसनलमा शनिबार पत्रकार सम्मेलन गरि उक्त रकम पिडित भुवन मगरलाई प्रवासी समाजका प्रथम उपाध्यक्ष नुमाकान्त सुवेदीले हस्तान्तरण गरे । भुवन बचाउँ अभियानबाट संकलन गरिएको उक्त रकम भुवनलाई हस्तान्तरण गर्न पाउदाँ आफुहरु निकै खुसी रहेको दाङ–देउखुरी प्रवासी संघ समाज निकै खुसी रहेको उनले बताए । कार्यक्रममा चर्चित संगितकार सन्तोष श्रेष्ठ लगायत कलाकारहरुको पनि उपस्थित रहेको थियो । मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक २२, २०८१