नेपालमा बर्सेनि पाँच हजारले गर्छन् आत्महत्या

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ श्रावण २०७६, आईतवार १५:३९

काठमाडौं । नेपालमा बर्सेनि पाँच हजारभन्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेका छन् । प्रेममा आफूले भनेजस्तो नहुनु, परीक्षामा आफूले भनेजस्तो नहुनु, परिवारबाट बारम्बार तनाव दिनुलगायतका समस्याले बर्सेनि ठूलो संख्यामा मानिसले आत्महत्या गर्ने गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७५र७६ मा पाँच हजार १५५ जनाले आत्महत्या गरेका छन् । आत्महत्याका विभिन्न रूप भए पनि झुण्डिएर सबैभन्दा धेरै व्यक्तिले आत्महत्या गर्दछन् ।

आव २०७५र७६ मा झुण्डिएर तीन हजार ८ सय ६३, विष खाएर एक हजार १८२, हामफालेर ४७, पानीमा हाम फालेर २३, आगो लगाएर २२, हात हतियारबाट १३, करेन्ट लगाएर चार र विष्फोटक पदार्थ प्रयोग गरेर एक जनाले आत्महत्या गरेका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल घरायसी तनाव र प्रेम सम्बन्धमा बाधा पुग्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेको बताउँछन् । मानिसमा हुने तनावलाई कम नगरेसम्म आत्महत्यामा कमी नआउने उनको भनाइ छ ।

आव २०७४र७५ को तुलनामा आव २०७५र७६ मा आत्महत्या गर्नेको संख्यामा कमी आएको छ । आव २०७४र७५ मा पाँच हजार ३१७ ले आत्महत्या गरेका थिए ।

काठमाडौं उपत्यकामा आव २०७५र७६ मा ५३९ ले आत्महत्या गरेका छन् । उपत्यकामा आव २०७४र०७५ मा ५०६ ले विभिन्न कारणले आत्महत्या गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१