आरजुले चुमिन् मिस टुरिजम २०१९ को उपाधि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ श्रावण २०७६, आईतवार ०५:१५

काठमाडौं । यस वर्षको (सन् २०१९) ‘मिस टुरिज्म’ को उपाधि विराटनगरकी आरजु पोखरेलले जितेकी छन् ।

१० प्रतियोगीलाई आज भएको अन्तिम प्रतिस्पर्धामा पछाडि पार्दै २१ वर्षीया पोखरेलले सो उपाधि चुमेकी हुन् ।

निर्णायक नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस (नाट्टा) का अध्यक्ष सिएन पाण्डेले सोधेको ‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यक्रमलाई लाई सफल पार्न गर्नुपर्ने प्रमुख तीन कामहरु के–के हुन् ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै पोखरेलले उपाधि जित्न सफल भएकी हुन् ।

उपाधिसँगै उनले रु ५० हजार नगद प्राप्त गर्नुका साथै पर्यटन क्षेत्रमा विभिन्न अवसर पाउने भएकी छन् ।

प्रतियोगितामा फष्ट रनअर अप काठमाडौँकी युसिका तुलाधर र सेकेन्ड रनअर अप झापाकी सविता न्यौपाने घोषित भए ।

उनीहरुले क्रमशः रु ३० हजार र २० हजार हात पारे । मिस टुरिज्मको उपाधि विजेता पोखरलेले ट्राभल एण्ड टुरिज्म विषयमा स्नातक गरेका छन् ।

उनी हाल रोयल माउण्टेन ट्राभलमा काम गर्दै आएकी छन् ।

ताज जितेपछि पोखरेलले रासससँग संक्षिप्त कुराकानी गर्दै नेपाल भ्रमण वर्ष अयिभानलाई सफल बनाउन सक्रियरूपमा लाग्ने बताइन् ।

उनले आफू पर्यटन क्षेत्रमै आवद्ध भएकोले आफ्नो अनुभवलाई आगामी दिनमा पनि यस क्षेत्रको प्रवद्र्धनमा सहयोग गर्ने बताइन् ।

प्वाइन्ट मिडिया प्रालिले राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मिस टुरिज्म प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

पर्यटन क्षेत्रमा महिला सहभागिता वृद्धि, महिला सशक्तीकरण र आम युवालाई आकर्षित गर्दै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ प्रतियोगितालाई निरन्तरता दिइएको कम्पनीका प्रबन्ध निर्देशक नवीन काफ्लेले बताए ।

सन् २०१६ देखि हरेक वर्ष मिस टुरिज्म प्रतियोगिता गरिदै आएको छ । पहिलो मिस टुरिज्म ओरुसा थापा भइन् भने सन् २०१७ मा आरती थापा र सन् २०१८ मा मनिता पौडेलले उपाधि जितेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१